Tuesday 10th March 2026

धादिङको बेनिघाटमा ट्रक र मोटरबाइक ठोक्किंदा १ को मृत्यु एक घाइते


तितोपाटी – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ गौमती पुलनजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ४११४ नं.को ट्रकले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार पोखरा महानगरपालिका वडा नं.२३ बस्ने २० वर्षीय दिपक पुन मगरको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका वडा नं.२३ बस्ने २१ वर्षीय सुरज अधिकारी घाइते भएका छन्। दुवै खुट्टामा चोट लागेका उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

ठक्कर दिने ट्रकका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ११ का राम बहादुर गोले प्रहरी नियन्त्रणमा रहेको डिएसपी प्रकाश विष्टले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...