Friday 27th March 2026

विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फिर्ता लेऊ : वैद्य


तिताेपाटी — मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले विप्लव समूहका गतिविधिमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन सरकारसित माग गरेको छ । स्थायी समिति बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव वैद्यले नेकपा विप्लव समूहका नेता, कार्यकर्ताहरुलाई धरपकड तथा यातना दिने काम अबिलम्ब रोक्नसमेत माग गरेका छन् ।

‘राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा गर्न, धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न र सो प्रतिबन्ध फिर्ता लिन सरकारसित विशेष माग गर्दछ’ विज्ञप्तिमा छ ।

सरकारको गतिविधिलाई फासिवादी भन्दै क्रान्तिकारी माओवादीले विरोध तथा भर्त्सना गरेको छ । ‘आफूलाई कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समूहमाथि गरिएको फासीवादी व्यवहार निन्दनीय छ’, वैद्यले विज्ञप्तिमा उल्लेख गरेका छन् । देशमा लुटपाट मच्चाउने र आपराधिक गतिविधि गरेको भन्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

यस्तै, सरकार र सीके राउतबीच प्रधानमन्त्रीको उपस्थितिमा भएको ११ बुादेमा अमूर्त भाषा प्रयोग गरिएको भन्दै सच्याउन माग गरेको छ । सहमतिको दोस्रो बुादामा तराई-मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएको विषयमा सरकारले जनमत संग्रहमा सहमति जनाएको भन्दै आलोचना भइरहेको छ । स्वतन्त्र मधेस गठबन्धनका तर्फबाट समेत जनमत संग्रहमा जान सहमत भएको भन्ने अथ्र्याइएको भन्दै क्रान्तिकारी माओवादीले राष्ट्रिय अखण्डता तथा सार्वभौमिकताजस्तो सम्वेदनशील विषयमा सरकारका तर्फबाट गल्ती भएकोमा त्यसलाई अविलम्ब सच्याउन आग्रह गरेको छ ।
-कान्तिपुर

सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...