Tuesday 12th August 2025

सिकेसँगको सम्झौता राष्ट्रघाती, ओलीले खण्डन गर्नुपर्छ : देउवा


तीतोपाटी-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतसंगको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको देउवाले बताए ।

नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले भने, ‘नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा हामीलाई सैहृय हुँदैन । सिकेसँगको सम्झौतालाई राष्ट्रघाती कामका रुपमा लिएका छौं । देशलाई टुक्राउने कुरा हामी मान्दैनौं ।’

सिके राउतले जनमत संग्रह भनेर बोलिरहेको, तर प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डनसमेत नगरेको भन्दै देउवाले आपत्ती जनाए । ‘सिके राउतले नयाँ देश बनाउँछु भनिरहेको छ । यो मूलधारको राजनीतिमा आउने कुरा होइन रहेछ,’ देउवाले भने, ‘राष्ट्रघाट गरेका छन् वास्तवमा । सिकेले बोलेको कुरामा ओली (प्रधानमन्त्री केपी शर्मा ओली) ले खण्डन गर्नुपर्‍यो ।’

अलग्गै देशबाट सहमति लिएजसरी सिकेले बोलिरहेको देउवाले बताए । ‘सिके राउतले अलग्गै देश बनाउन सहमति भन्छ त, मैले भनेको कुरा होइन,’ देउवाले भने, ‘देश टुक्राउने कुरा गरेको छ, मूलधारमा आएको भए त्यसो भन्थे ?’

साभार-अनलाईन खबर


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विदेशी मिडियालाई बताएअनुसार इजरायलले गाजा शहर कब्जा गर्ने हालै स्वीकृत सैन्य योजनाको एक भागको रूपमा गाजा कब्जा…

यहाँ छुट छ हजुर । यहाँ बाघलाई घाँस खान खरायो लाई मासु लतार्न ब्याँसोलाई बितन्डा मच्चाउन हिसाबलाई दाल गलाउन छुट…

प्रतिकृयाहरू
...