Friday 27th March 2026

अमर खड़का द्वारा संकलित रकम पिडित गंगाको परिवारलाई सहयोग प्रदान


बसन्त थापा- कुवेतमा कार्यरत, तथा सुदूरपश्चिम सेवा समाज कुवेतका अध्यक्ष अमर खड़का द्वारा संकलित रकम ने. रु. १ लाख २६ हजार ५८ रूपिया हिजो अर्थात ७ तारीखको दिन पिडित गंगा मगरको परिवारलाई सहयोग प्रदान गरेका छन। 

खोटाङ स्थित बाहारा पोखरी गाउपालिका सुन्तले निवासी वर्ष २७ का गंगा गुर्मछाने मगर, आज भन्दा केही समय पहिला मात्रै परिवारलाई खुसी दिने भन्दै ठुलो सपना सजाएर कुवेत छिरेका गंगा सपना साकार हुनु त कहाँ हो कहाँ, उल्टो अहिले पनी अस्पतालको शैयामा छटपटाई रहेका छन |

गत सेप्टेम्बर महिनाको १६ तारीखको राति डिउटी जाने क्रममा बस दुर्घटनामा परि घम्भिर घाइते भएर केहि महिना सम्म अचेत अवस्थामा रहेका गंगा मगरको स्वास्थ्यमा केहि सुधार भए पनि अहिले सम्म जाहारा अस्पतालको शैयामा मृत्यु संग लडी रहेका छन्। 

संकलित उक्त रकम अभियंता खड़का कै कम्पनीमा कार्यरत साथीहरू र अन्य बाहिरी देशमा रहेका नेपाली द्वारा सहयोग जुटाईएको थियो।

कसैको दुःख देखी नसहने खड़का कुवेतको नगरीमा छोटो समयमानै आफु एक असल समाज सेवी रहेको आफ्नो छुट्टै पहिचान बनाऊँन सफल ठहरीएका छन भने, अभियंता खड़काले कुवेतमा मात्रै नभएर अन्य देशहरूमा कार्यरत नेपालीहरूलाई भैपरी आएको खण्डमा आफुले सक्ने सहयोग गर्दै आएका छन।

पिडित गंगाको घरमा आमा,बुबा, एक छोरा, एक छोरी, र श्रीमती रहेका छन।

सेवा नै  धर्म हो बताऊँदै खड़काले सहयोगी मनहरूलाई हृदय देखीनै धन्यवाद दिदै पुन: आ-आफ्नो ठाऊबाट सक्दो सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेका छन।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...