Friday 27th March 2026

तलब नपाएपछि त्रिभुवन विमानस्थलका सफाइ कर्मचारी आन्दोलनमा


तीतोपाटी-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो ।

अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई रु ५२ हजार र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवलाई रु ३५ हजार घुससहित रङ्गेहात नियन्त्रणमा लिएको बताउनुभयो ।

नेपालगञ्ज भन्सार कार्यालयका नासु चन्दले आयात हुने सामानको सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रु ५२ हजार घुस लिएको अवस्थामा र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका प्रमुख श्रीवास्तवले गुणस्तर प्रमाणीकरण गरिदिएवापत सेवाग्राहीको काम सम्पन्न भएपछि रु ३५ हजार घुस लिँदै गर्दा पक्राउ गरिएको हो ।

यसैगरी, अख्तियारले मङ्गलबार नै यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा छापामारी त्यहाँबाट केही कागजात नियन्त्रणमा लिएको प्रमुख गैरले जानकारी दिनुभयो । 


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...