Friday 27th March 2026

सांसद रेशम चौधरीको ‘भाग्य’ फैसला आज


तीतोपाटी-टीकापुर घटनाको मुद्दाको बहस सकिएसँगै जिल्ला अदालत कैलालीले आज बुधबार फैसला गर्ने तयारी गरेको छ ।

यसअघि मुद्दाको ६ दिनसम्म बहस चलेर मंगलबार सकिएको थियो ।

२०७२ भदौ ७ गत एक बालकसहित ९ जनाको ज्यान जानेगरीे कैलालीको टीकापुरमा भएको घट्नामा संघीय सांसद सांसद रेशमलाल चौधरीसहित पुर्पक्षका लागि कारागारमा रहेका अन्य २६ जनाको फैसला हुन लागेको हो ।

फैसला चौधरीको पक्षमा आए उनलाई संसद भवन प्रवेश गर्ने बाटो खुल्नेछ । सांसद् चौधरी मुद्दाकै कारण अहिले थुनामा छन् ।

 अदालतले सफाइ दिए उनी थुनामुक्त हुनेछन् । तर, दोषी ठहर गरेमा प्रतिनिधिसभाको यात्रा अवरुद्ध हुनेछ । यद्यपि अदालतले दोषी ठहर गरे चौधरी थुनामै रहेर पुनरावेदन प्रक्रियामा सहभागी हुन सक्नेछन् ।

यो मुद्दामा प्रतिवादीहरुका तर्फबाट अधिवक्ताहरुले बेग्लाबेग्ले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता गोपालप्रसाद घिमिरे, पूर्व न्यायधिवक्ता हरि फुयाल र अधिवक्ता दिनमणि पोख्रेलले रेशम चौधरीको पक्षमा बहस गरेका थिए । यस्तै दिनमणि पोख्रेलले रेशमसहित प्रतिवादीहरु लाहुराम चौधरी र लक्ष्मण थारुका पक्षमासमेत बहस गरेका थिए । जिल्ला न्यायधीश पर्शुराम भट्टराईको इजलासमा भएको दुवै पक्षको वहसपछि बुधबार फैसला गर्ने तयारी भएको जिल्ला अदालतका रजिष्ट्रार इन्द्र कठायतले बताएका छन् ।

घट्नाको मुख्य योजनाकार भनिएका रेशम चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । उनले संसद पदको सपथ लिएपनि संसदभवन प्रवेश गर्न पाएका छैनन् ।

साभार रातोपाटी


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...