Friday 27th March 2026

भोजपुर सेवा समाज कुवेतद्वारा ५ वटा स्टेचर बितरण


तीतोपाटी- भोजपुर सेवा समाज कुवेतले जिल्लाको बिकट ५ वटा गाउँको लागि १/१ वटाको दरले ५ वटा स्टेचर बितरण गरेको छ। 

जिल्लाको साल्पा सिलिछो गाउँपालिकाको वडा नम्बर ५ अन्तरगत्को तल्लो बिङमा, माथिल्लो बिङमा, पङ्खथला, तेन्दो र बाक्सिन्दा गाउँहरुबाट गाउँमा स्टेचर नहुदा बिरामीहरुलाई अस्पताल सम्म लैजान कठिन भएको, छिमेकी गाउँमा माग्न जादा समेत नदिने गरेको कारण त्यहाँका जनताहरु समस्यामा परेको भोजपुर सेवा समाज कुवेतमा मौखिक निवेदन आएपछि उक्त गाउँहरुलाई २६ हजार रुपैयाँ बराबरको स्टेचरहरु अभियान्ता दालाक्पा शेर्पाको हातबाट वितरण गरिएको संस्थाका अध्यक्ष कोशराज राईले जानकारी गराएका छन् । 

स्टेचर हस्तान्तरणको मिति पहिले नै तय गरिएको भएपनि उक्त वडाका अध्यक्ष शिबकुमार राईको कार्यब्यस्तताको कारण तोकिएको समयमा हस्तान्तरण हुन नसकेपछि  कारण अभियान्ता दालाक्पा शेर्पाको हातबाट उक्त स्टेचरहरु बितरण गरिएको हो। 

समाजले आफ्नो स्थापना कालदेखि नै जिल्ला भित्र र जिल्लाहरुमा बाहिर समेत गरि विभिन्न पीडितहरुको सहयोगमा र रचनात्मक सहयोगका लागि लाखौं रुपैयाँ बराबरको आर्थिक सहयोग गरिसकेको छ। 

गतवर्ष मात्रै सोही वडाकी पङ्खाथलाकी क्यान्सर पीडित साङ्गे ओङ्मु शेर्पालाई २३ हजार रुपैयाँ (यधपी बचाउन नसकिएको) र सोही वडाको च्याक्सिला स्थित श्री लक्ष्मी साल्पा आधारभूत विध्यालयलाई भौतिक पुर्वाधार निर्माणको निम्ति १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो। 

आगामी दिनहरूमा अन्य गाउँपापालिकाहरुबाट पनि सहयोगको निवेदन आएमा बिचार गरिने समेत अध्यक्ष राईले जानकारी गराएका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...