Friday 26th December 2025

भोजपुर सेवा समाज कुवेतद्वारा ५ वटा स्टेचर बितरण


तीतोपाटी- भोजपुर सेवा समाज कुवेतले जिल्लाको बिकट ५ वटा गाउँको लागि १/१ वटाको दरले ५ वटा स्टेचर बितरण गरेको छ। 

जिल्लाको साल्पा सिलिछो गाउँपालिकाको वडा नम्बर ५ अन्तरगत्को तल्लो बिङमा, माथिल्लो बिङमा, पङ्खथला, तेन्दो र बाक्सिन्दा गाउँहरुबाट गाउँमा स्टेचर नहुदा बिरामीहरुलाई अस्पताल सम्म लैजान कठिन भएको, छिमेकी गाउँमा माग्न जादा समेत नदिने गरेको कारण त्यहाँका जनताहरु समस्यामा परेको भोजपुर सेवा समाज कुवेतमा मौखिक निवेदन आएपछि उक्त गाउँहरुलाई २६ हजार रुपैयाँ बराबरको स्टेचरहरु अभियान्ता दालाक्पा शेर्पाको हातबाट वितरण गरिएको संस्थाका अध्यक्ष कोशराज राईले जानकारी गराएका छन् । 

स्टेचर हस्तान्तरणको मिति पहिले नै तय गरिएको भएपनि उक्त वडाका अध्यक्ष शिबकुमार राईको कार्यब्यस्तताको कारण तोकिएको समयमा हस्तान्तरण हुन नसकेपछि  कारण अभियान्ता दालाक्पा शेर्पाको हातबाट उक्त स्टेचरहरु बितरण गरिएको हो। 

समाजले आफ्नो स्थापना कालदेखि नै जिल्ला भित्र र जिल्लाहरुमा बाहिर समेत गरि विभिन्न पीडितहरुको सहयोगमा र रचनात्मक सहयोगका लागि लाखौं रुपैयाँ बराबरको आर्थिक सहयोग गरिसकेको छ। 

गतवर्ष मात्रै सोही वडाकी पङ्खाथलाकी क्यान्सर पीडित साङ्गे ओङ्मु शेर्पालाई २३ हजार रुपैयाँ (यधपी बचाउन नसकिएको) र सोही वडाको च्याक्सिला स्थित श्री लक्ष्मी साल्पा आधारभूत विध्यालयलाई भौतिक पुर्वाधार निर्माणको निम्ति १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो। 

आगामी दिनहरूमा अन्य गाउँपापालिकाहरुबाट पनि सहयोगको निवेदन आएमा बिचार गरिने समेत अध्यक्ष राईले जानकारी गराएका छन् ।


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...