Friday 27th March 2026

अमेरिकाको न्यूयोर्क सिटी द्वारा अन्तर्राष्ट्रिय झापाली समाजलाई सम्मान


तीतोपाटी-अन्तर्राष्ट्रिय झापाली समाजलाई न्यूयोर्क सिटीले सम्मान गरेको छ । संसारभरी छरिएर रहेका प्रवासी झापाली नेपालीहरुको साझा संगठन ‘अन्तरराष्ट्रिय झापाली समाज’ लाई आज एक कार्यक्रमका विच कहिल्यै नसुत्ने शहर न्यूयोर्कले सम्मानित गरेको हो ।

International Mother Language Day को अवसरमा  गत २६ फेब्रवरीको दिन न्यूयोर्कमा आयोजित कार्यक्रममा सो सम्मान प्रदान गरिएको थियो ।त्रिभुवन अन्तरराष्ट्रिय विमानास्थललाई चटक्क पारेर सफा गरेको टोलीलाई भद्रपुर लगेर त्यहांको चन्द्रागढी विमानस्थल, विमानस्थल भित्रको बगैंचा निर्माण र सरसफाई, विमानास्थलको पुरै क्षेत्रको तात्कालिक तथा दिर्घकालिन सर-सफाई, टोमासी गाउंपालिकामा भुकम्प पीडितका लागि २० घर निर्माण, झापाका बिभिन्न स्थानमा बिद्धालय निर्माण, पुस्तकालयलाई सहयोग, शैक्षिक सामग्री वितरण जस्ता सामाजिक कामका लागि दश करोड भन्दा बढी रकम सहयोग गरिसकेको अन्तर्राष्ट्रिय झापाली समाजलाई संसारको सभ्रान्त मुलुकको शहरमा सम्मानित हुन पाउंदा खुशी लागेको बताउदै ‘सम्मानले उत्साह थपेको कुरा ब्यक्त गर्छन अझासका उपाध्यक्ष प्रमोद सिटौला ।

यस्तै न्यूयोर्क नगरसंग नेपाल राष्ट्रको झन्डा, नेपालीत्व र सांस्कृतिक सम्पदाको शानले नजिक भएर काम गर्ने नेपाली संस्थाहरु एनआरएन अमेरिका, न्यूयोर्क च्याप्टर, यसका अध्यक्ष रामहरी अधिकारी, रक्तदान लगायत बिभिन्न सामाजिक कार्यक्रममा सकृय वागलुङ्ग तथा धादिङ्ग समाजका क्रमस अध्यक्ष हरी शर्मा र अध्यक्ष दिवाकर पाण्डेलाई समेत नगरले सम्मान गरेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...