Friday 3rd April 2026

अनेसास कुवेतको ९ अाैं वार्षिकोत्सव तथा साहित्य वाचन मे ३१ मा हुने


तितोपाटी – अनेसास कुवेत च्याप्टरले ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम अागामी ३१ मे २०१९ शुक्रबारका दिन कुवेतको जलिब स्थित पपिन्स हलमा एक साहित्यीक कार्यक्रम गरि मनाउने भएको छ । कार्यक्रममा साहित्य प्रति रूचि राख्ने साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन अनेसास कुवेत च्याप्टरका अध्यक्ष हिमाल अन्जानले अनुरोध गरेका छन् ।

उक्त कार्यक्रममा  कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारी तथा प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवि, साहित्य अनुरागी, खेलाडी, कलाकार, गन्यमान्य भद्रभलाद्मी लगायत सम्पुर्ण कुवेतवासी नेपाली दाजुभार्इ दिदीबहिनीहरूलार्इ उक्त कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्दै यो कार्यक्रम तपाईं हामी सबै नेपालीको साझा कार्यक्रम भएको हुनाले यो कार्यक्रम भएको दिन अन्य कार्यक्रम नराखी दिनुहुन सबैमा अनेसास कुवेत च्याप्टरले अाग्रह समेत गरेको छ।

सन्  २०१० देखि कुवेत नगरीमा गठन भर्इ कृयाशिल रहेको  साहित्यिक सँस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टर केहि समय सुस्ताएको भए पनि हालका दिनमा यस सँस्थालाइ नेतृत्व गरिरहनु भएका हिमाल अञ्जान लगायत यसमा अावद्ध हुनुभएका साहित्य सर्जक श्रष्टाहरूले कुवेत नगरीलाइ साहित्यमय बनाएर सिंचित गरिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...