Monday 22nd December 2025

भारत-पाकिस्तान विच युद्धको संकेत


तितोपाटी – पुलवामा घटनाले उग्र रूप लिंदै गएपछि भारत र पाकिस्तान विच युद्ध हुन सक्ने संकेत देखिएको छ । यस विच भारतले पाकिस्तान जाने तीन नदीको पानीलाई रोक्ने फैसला गरेको छ। अबस्था झन बिग्रिदै गए पछि युद्ध निम्तन सक्ने खतरालाइ मध्यनजर गर्दै पाकिस्तानले पनि युद्धको तयारी गरेको छ ।

भारतको संघीय सरकारका क्याबिनेट मन्त्री नितिन गडकरीले भारतीय सञ्चारमाध्ययमलाई भनेका छन ‘यो भारतको दीर्घकालिन योजना भएको र यसको सम्बन्ध सिंधु नदी संन्धीसँग कुनै पनि सरोकार छैन।’ उनले अगाडी थपे धेरै सञ्चारमाध्यमले पुलवामा भएको घटना पछि भारतले पाकिस्तान जाने पानि रोक्यो तर यो सत्य होइन र यसको पुलवामा घटनासँग कुनै पनि सम्बन्ध छैन।

साथै केन्दीय मन्त्री गडकरीका अनुसार रावी, सतजल तथा ब्यास नदीको पानी बाँध बनाएर रोकिने छ। शाहपुर–कांडी बाँध बनाउने निर्णय पुलवामा घटना भन्दा पहिलेको भएकाले यसबारे चाँडै मन्त्रीपरिषद्ले निर्णय गर्ने उनले स्पष्ट पारेका छन।

पाकिस्तानले थाल्यो युद्धको तयारी
पुलवामा घटनापछि भारत र पाकिस्तानबीच बढदै गएको तनाबपछि पाकिस्तानले पनि भारतले हमला गरिहाले जवाफी कारवाही गर्ने तयारी गरेको छ। दुबै देशसँग आणबिक हतियार रहेका छन। पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि बिज्ञप्ती जारी गर्दै प्रधानमन्त्री इमरान खानले भनेका छन पुलवामा हमलामा पाकिस्तानको कुनै पनि संलग्नता रहेको छैन। बरु ४१ जनाको ज्यान जाने गरी भएको उक्त घटना भारत अधिनस्त कस्मिरमा भएकोले यसमा पाकिस्तानको हात हुन नसक्ने उनले स्पष्ट पारेका छन।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...