Sunday 15th March 2026

भारत-पाकिस्तान विच युद्धको संकेत


तितोपाटी – पुलवामा घटनाले उग्र रूप लिंदै गएपछि भारत र पाकिस्तान विच युद्ध हुन सक्ने संकेत देखिएको छ । यस विच भारतले पाकिस्तान जाने तीन नदीको पानीलाई रोक्ने फैसला गरेको छ। अबस्था झन बिग्रिदै गए पछि युद्ध निम्तन सक्ने खतरालाइ मध्यनजर गर्दै पाकिस्तानले पनि युद्धको तयारी गरेको छ ।

भारतको संघीय सरकारका क्याबिनेट मन्त्री नितिन गडकरीले भारतीय सञ्चारमाध्ययमलाई भनेका छन ‘यो भारतको दीर्घकालिन योजना भएको र यसको सम्बन्ध सिंधु नदी संन्धीसँग कुनै पनि सरोकार छैन।’ उनले अगाडी थपे धेरै सञ्चारमाध्यमले पुलवामा भएको घटना पछि भारतले पाकिस्तान जाने पानि रोक्यो तर यो सत्य होइन र यसको पुलवामा घटनासँग कुनै पनि सम्बन्ध छैन।

साथै केन्दीय मन्त्री गडकरीका अनुसार रावी, सतजल तथा ब्यास नदीको पानी बाँध बनाएर रोकिने छ। शाहपुर–कांडी बाँध बनाउने निर्णय पुलवामा घटना भन्दा पहिलेको भएकाले यसबारे चाँडै मन्त्रीपरिषद्ले निर्णय गर्ने उनले स्पष्ट पारेका छन।

पाकिस्तानले थाल्यो युद्धको तयारी
पुलवामा घटनापछि भारत र पाकिस्तानबीच बढदै गएको तनाबपछि पाकिस्तानले पनि भारतले हमला गरिहाले जवाफी कारवाही गर्ने तयारी गरेको छ। दुबै देशसँग आणबिक हतियार रहेका छन। पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि बिज्ञप्ती जारी गर्दै प्रधानमन्त्री इमरान खानले भनेका छन पुलवामा हमलामा पाकिस्तानको कुनै पनि संलग्नता रहेको छैन। बरु ४१ जनाको ज्यान जाने गरी भएको उक्त घटना भारत अधिनस्त कस्मिरमा भएकोले यसमा पाकिस्तानको हात हुन नसक्ने उनले स्पष्ट पारेका छन।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...