Sunday 12th April 2026

विद्यार्थीलाइ याैन दुर्ब्यवहार गर्ने सहायक डीन शाह निलम्बित


तितोपाटी – त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साहलाई त्रिभुवन विश्वविद्यालयबाट निलम्बन गरिएको छ।  साहलाई कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले निलम्बन गरेको हो। यौन दुर्व्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने निन्दनीय कार्य गरेको भन्दै परिषदको बैठकले उनलाई सहायक डीन पदबाट निलम्बन गर्ने निर्णय गरेको हो।

यौन दुर्व्यवहारको आरोपमा उनलाई बुधवार नेकपानिकट विद्यार्थीको समूहले कालोमोसो दलेकाे थियाे। त्रिवि शिक्षाशास्त्रका सहायक डिन साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबरजस्ती यौन दुराचार गर्न खोजेको आरोप विद्यार्थी संगठनले लगाएका थिए। अनेरास्ववियु क्रान्तिकारीका त्रिवि संयोजक राजकुमार लिम्बुले आफन्तको ट्रान्सक्रिप्ट बनाउन आएकी एक महिलामाथि हातपात गर्न खोजेको बताए। उनले भने, ‘एकान्तमा उनले हातपात गर्न खोजेका हाम्रा साथीले देखेपछि कालोमोसो दलेका हुन्।’

कालोमोसो दल्ने काममा अनेरास्ववियुका विद्यार्थीको समेत सहभागिता थियो। सहायक डिन साहलाई विश्वविद्यालयको हाताबाट निकालेर प्रशासनमा ल्याएर कालोमोसो दलिएको थियो।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...