Monday 22nd December 2025

साउदीका राजकुमार पाकिस्तानको भ्रमण लगत्तै पछि भारतको भ्रमणमा


तितोपाटी – पाकिस्तानको भ्रमण सकेलगत्तै साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान भारत भ्रमणका पुगेका छन् । मं‌गलबार राती भारत पुग्नेबित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल तोड्दै पालम विमानस्थलमा स्वागत गरे । राजकुमार सलमान जहाजबाट ओर्लिनेबित्तिकै मोदीले अंगालो हालेर उनको स्वागत गरे । मोदीले सलमानलाई विमानस्थलमै पुगेर स्वागत गरेपछि भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने पोर्टोकल तोडेको भन्दै चर्को आलोचना गरेको छ ।

विमानस्थलमा अंगालो हालेका मोदीले त्यसपछि बुधवार राष्ट्रपति भवनमा औपचारिक स्वागतका क्रममा फेरि पनि अंगालो हाल्न भ्याए । मोदीको यो क्रियाकलापलाई कांग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले पाकिस्तानलाई सहयोग गरिरहेको साउदीका राजकुमारको स्वागतमा मोदीले सबै किसिमका मर्यादा तोडेको भन्दै कटाक्ष गरेका छन् ।

‘राष्ट्रहितका लागि अंगालो हाल्ने मोदीको नीति : जुन साउदी अरेबियाले पाकिस्तानलाई २० अर्ब डलर दिँदै प्रशंसा गरेको छ, उसैका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले पोर्टोकल तोडे । के पुलवामाका सहिदहरुलाई सम्झिने तरिका यही हो ?’, ट्विट गर्दै सुरेजावालाले भनेका छन् ।

भारत आउनुअघि साउदी राजकुमारले पाकिस्तानको भ्रमण गरेका थिए । जहाँ उनले पाकिस्तानको प्रशंसा गर्दै २० अर्ब डलर सहयोग घोषणा गरे । यसका अलावा उनले आफूलाई साउदी अरेबियामा आफू पाकिस्तानको ब्रान्ड एम्बेसडर रहेको पनि घोषणा गरे ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...