Monday 9th March 2026

ललितपुरमा ९ वर्षीया छोरीलाइ बलात्कार गरेपछि ३८ वर्षे बाबु पक्राउ


तितोपाटी – ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलका ३८ वर्षीय एक युवकलाई ९ वर्षीया छोरीलाइ बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

बाबुले मद्यपानको नसामा यही फागुन ३ गते आफ्नै छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ। आइतबार बालिका बलात्कारको जाहेरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले दर्ता गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

“हामी अनुसन्धानका क्रममा छौँ”, मिश्रले भने, “पीडकलाई अनुसन्धानका लागि सात दिनको अदालतले म्याद थप गरेको छ।” बडिखेल स्वास्थ्य चौकीको निर्देशनानुसार पीडित बालिकालाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-याएको बताइएको छ।

घरका कोही नभएको मौका छोपी बाबुले दुई दिनअगाडि छोरी बलात्कार गरेको स्वास्थ्य चौकीकी अनमी प्रमिला चालिसेले बताइन। “दुई दिनसम्म अत्यन्त रक्तस्राव भएको गाउँलेले तेस्रो दिन थाहा पाई उपचारका लागि स्वास्थ्यचौकी ल्याए”, उनले भनिन, “पीडितको अवस्थादेखि हामीले तत्काल उनलाई पाटन रिफर ग-यौँ।”

बालिका बाबुबाटै बलात्कृत भएको हो या हैन भन्ने ठोस प्रमाण सङ्कलनका लागि उनको डिएनए परीक्षण गर्न प्रहरीले महाराजगञ्ज अस्पताल पठाएको अस्पतालको प्रहरी कक्षमा कार्यरत मिलन राना भाटले जानकारी दिए।

-रासस


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

प्रतिकृयाहरू
...