Sunday 15th March 2026

नोबेल शान्ति पुरस्कारको लागि जापानद्वारा डोनाल्ड ट्रम्पको नाम शिफारिश


तितोपाटी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आबेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्करणमा उल्लेख गरेको छ। अमेरिकाको अनुरोधमा जापानले ट्रम्पको नाम सिफारिस गरेको बताइएको छ। गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ–उनसँगको महत्वपूर्ण शिखर सम्मेलन गरेपछि ट्रम्पको नाम मनोनयन गर्न सम्भावना भएको जापानी पत्रिका आसाही शिम्बुन पत्रिकाले बताएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार आफ्नो नाम शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री आबेले मनोनयन गरेको बताएपछि उक्त रिपोर्ट बाहिर आएको हो। आबेले नोबेल शान्ति पुरस्कार समितिलाई पठाएको पाँच पृष्ठ लामो पत्रको प्रतिलिपि आफूलाई पठाएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन्।

पत्रमा जापानी नेताले उत्तर कोरियासँग चलेको तनावलाई शान्त बनाउन खेलेको योगदानको प्रशंसा गरेका छन्। जापानी प्रधानमन्त्री आबेले पत्रमा ‘मैले तपाईंलाई नोबेल शान्ति पुरस्कार दिनका लागि अनुरोध गरेको छु भनी भनेको र आफूले उहाँलाई धन्यवाद दिएको’ अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसमा भेला भएका सञ्चारकर्मीसँग बताएका थिए।

‘धेरै अन्य मानिसहरूले पनि यस प्रकारको महसुस गर्छन्। मैले सम्भवतः कहिल्यै पाउने छैन। ठीकै छ’ ट्रम्पले भने। ट्रम्पको दाबीबारे प्रतिक्रियाका लागि एएफपीले गरेको अनुरोधलाई जापानी अधिकारीले प्रतिक्रिया दिएनन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...