Wednesday 11th March 2026

वलिउड अभिनेत्री अमिशालाई लाग्यो ठगीको आरोप


तितोपाटी – बलिउड अभिनेत्री अमिशा पटेलविरुद्ध मुरादाबादको एक इभेन्ट कम्पनीले ठगी मुद्दा दर्ता गरेको छ। अमिशामाथि पैसा लिएर कार्यक्रममा सहभागी नभएको आरोप लगाइएको छ। उनीसँगै अन्य चारजनाविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ। खबरअनुसार घटना १६ नोभेम्बर २०१६ को हो। मुरादाबादमा ड्रिम भिजन इभेन्ट मेनेजमेन्ट कम्पनी सञ्चालन गर्ने पवन बर्माको आरोप छ कि उनका एक ग्राहकको विवाहमा डान्स गर्न अमिशालाई ११ लाख रुपैयाँ दिइएको थियो। यो रकम न्यु म्याक्स इन्टरटेनमेन्ट कम्पनीको नामबाट लिइएको थियो। तर १६ नोभेम्बरमा अमिशा विवाहमा नृत्य गर्न गइनन्।

अमिशा र उनका सहयोगीले उनका ग्राहकको विवाहको महत्वपूर्ण समयमा आउन अस्वीकार गरेका थिए। त्यतिबेला उनीहरूले थप दुई लाख रुपैयाँ पनि माग गरे। पवनले अमिशा पटेल र उनका सहयोगी अहमद सरिफलाई धेरै पटक फोन गरे तर कसैले पनि फोन उठाएनन्। न त कुनै जवाफ फर्काए। अमिशा र उनीसँग आउनेहरूका लागि प्लेन टिकट र होटेलको व्यवस्था गरिसकिएको थियो।

यसका साथै उनको सुरक्षका लागि बाउन्सरको पनि व्यवस्था गरिएको थियो। विवाहमा नगएर अमिशा दिल्लीबाटै अफ्ना साथीसँग मुम्बई फर्केकी थिइन्। यसपछि पीडित अदालत पुगेका हुन्। अमिशा, अहमद सरिफ, सुरेश परमार र राजकुमार गोस्वामीविरुद्ध धारा १२० बी, ४०६, ५०४, ५०६ अन्तर्गत एसीजेएममा मुद्दा दायर गरिएको हो। एजेन्सी


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...