तितोपाटी – बझाङको जयपृथ्वी नगरपालिकामा पर्ने चैनपुर-धामीलेक सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अरू १६ जना घाइते भएका छन् भने घाइते मध्ये ७ जनाको अबस्था गम्भिर रहेको बुझिन अाएको छ ।
मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ११ धामीलेक बस्ने १२ वर्षीया बालिका समु जोशी र सोही ठाउँका ४८ वर्षीय धाैले जोशी रहेका छन् ।
चैनपुरबाट धामिलेक तर्फ जाँदै गरेको से१ज ८९० जिप भोपुर माथिको काप्रिकोट नजिकैको तामाखोलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा १६ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये ७ जनाको अब्था गम्भिर रहेको छ ।
घाइतेको उपचार जिल्ला अस्पताल बझाङमा भइरहेको र गम्भिर घाइते ५ जनालाई उपचारको लागी धनगढी पठाइएको छ। दुर्घटना आइतबार साँझ भएको जनाइएको छ ।