Friday 27th March 2026

कर्मचारी समायोजन प्रति असहमति जनाउँदै सामुहिक राजीनामा दिने नेपाल चिकित्सक संघको चेतावनी


तितोपाटी – कर्मचारी समायोजन विधेयकप्रति असहमति जनाउँदै सरकारी चिकित्सकले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्। चिकित्सकलाई संघमा नै समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका उनीहरुले विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि सामूहिक राजीनामा दिने चेतावनी दिएका हुन्।

सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले आइतबार पत्रकार सम्मेलन गरी एकहप्ते सशक्त आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो। सदनबाट पारित विधेयक सच्याउन राष्ट्रपति विद्या भण्डारी र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आग्रह गर्ने बताउँदै गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले अघि थपे, ‘आफूहरुको माग सुनुवाइ नभए आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरी देशभर अवज्ञा आन्दोलन सुरु गर्ने निर्णय गरेका छौं।’ त्यसभन्दा कडा आन्दोलनका उत्रिन परे पनि आफूहरु तयार रहेको उनको भनाइ छ।

विधेयक सच्याउन दबाब दिन सोमबार देशभरका चिकित्सकले स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गर्ने डा. पाण्डेले जनाए।

सरकारी चिकित्सकले घोषणा गरेको आन्दोलनको कार्यतालिकाअनुसार मंगलबार माइतीघर मण्डलामा आफूहरुको आन्दोलनका लागि साथ सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको पनि उनले बताए। बुधबार सामूहिक बिदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपश्चात् सरकारलाई बुझाउन काठमाडौंमा भेला हुने उनले बताए।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...