Thursday 25th December 2025

प्रांण रक्षाको लागि अस्पतालको सैय्याबाटै क्यान्सर पीडितको अपिल


तितोपाटी – विगत १ महिनादेखि पाठेघर क्यान्सरको उपचार गराइरहेकी झापा हल्दिवारीकी ४० वर्षीया तारा गुरूङले आफुूलाई बचाइदिन सबैमा अनुरोध गरेकी छिन् । युएईको अलऐनस्थित तवाम अस्पतालमा उपचार गराइरहकी उनको स्वास्थ्य बिमाले औषधीलगायत अन्य उपचार सम्भव नभएपछि आर्थिक सहयोग गर्न सबैमा अपिल गरेकी हुन् ।

विगत ६ बर्षदेखि रोजगारीको सिलसिलामा युएई आएकी गुरूङ गत नोभेम्बरमा सामान्य बिरामी परि उपचारको लागि अस्पताल जाँदा पाठेघरको क्यान्सर भएको थाहा पाएकी थिइन् ।

श्रीमानले अर्को बिहे गरेपछि एक्लो बनेकी २ छोराको तारा माइतीको साहरामा झापामा बस्दै आएकी थिइन् । आफ्ना दुई छोराहरुको उज्वल भविष्यको सपना बोकेर युएई आएकी उनी परदेशी भूमिमा क्यान्सरसँग लडिरहँदा कस्को मन नदुख्दो होला र ? उनी उपचारसँगै एक हप्तोखि तवाम अस्पतालको निःशुल्क आवास गृहमा बस्दै आएकी छिन् ।

अलऐनको एक प्रतिष्ठित क्लिनिङ कम्पनीमा काम गर्दै आएकी तारा आकस्मत यसरी बिरामी पर्दा कम्पनी पनि अन्योलमा पर्यो । कम्पनीले आफ्ना सबै कामदारको बिमा त गरेको थियो । तर बिमा कम्पनीले विविध कारण देखाउँदै ताराको उपचारमा समस्या आएको थियो ।

बिमाको समस्या आएपछि उनी काम गर्ने स्कुलका शिक्षकशिक्षिकाहरूको व्यक्तिगत पहलमा करिब साढे ३ लाख रूपैयाँ अर्थात् (१० हजार दिराम) अस्पतालमा जम्मा गरि उपचार शुरू गराएका थिए ।

उपचारसँगै अस्पतालको निःशुल्क आवास गृहमा बस्दै आएकी उनलाई नेपाली दुतावासको बिशेष पहलमा बिमा नविकरण गराई उपचारमा सहज पारिएको बिरामी कुरूवा सरस्वती बास्तोला बँताउछिन् । मासिक ८ सय दिराम तलबले २ छोराहरूको पढाई, घरखर्चमा नै सकिएकोले बचत नभएको तारा बँताउछिन् ।

झापाली समाज युएई क्षेत्रिय समिति अलऐनका सदस्य समेत रहेकी तारालाई एनआरएनए अलऐनलगाउत विभिन्न सामाजिक संघसस्थाहरूले आर्थिक सहयोग गरिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...