Friday 27th March 2026

मझुवा खानीका कारण १२ सय परिवार जोखिममा


तीतोपाटी- हेटौंडा सिमेन्टको खानी क्षेत्रका कारण गढि गाउँपालिकाका बस्ती जोखिममा परेको छ । सिमेन्टको लागि महत्वपूर्ण मानिएको मझुवा खानीका कारण गाउँका १ हजार २ सय परिवार जोखिममा परेका हुन् ।

खानीका कारण गाउँपालिकाको चुहार, नयाँगाउँ, तल सोलीथुम, ज्यामिरे, सिमल्टार, कालिवन, धादिङका एक हजार २ सय घरधुरीका बासिन्दाहरु विस्थापित हुने भएका छन् ।

खानी क्षेत्रमा रहेको शारदा मावि, ५ नंम्बर वडा कार्यालय, स्वास्थ्य चौकी, विभिन्न संघसंस्था मानव बस्ती बढी जोखिममा रहेको स्थानीय भरत फुयाँलले बताए । ठूलो बस्तीको बीचमा रहेको मझुवा खानी ब्यबस्थित रुपमा सञ्चालन गर्नुको सट्टा जथाभावी रुपमा प्राविधिकको उपस्थितिबिना खानी उत्खनन् गर्नेे समस्या परेको उनले बताए ।

खानी सञ्चालन गर्नका लागि हेटौंडा सिमेन्ट उद्योग, चुनढुङगा उत्खनन र ढुवानी गर्ने ठेक्का पाएको ओमसाई कन्ट्रक्सनले ओभरबटम ब्यबस्थापन गर्नका लागि खानीमै जाली भरेर ग्राभेल निस्कनै नदिने, ज्यामिरे देखि कालिवन, सिमल्टार सम्म सिमेन्टको क्रंकिट ढलान सहितको ठूला चेकड्याम हाल्ने, स्थानीय क्षेत्रमा स्लाब ढलानको सडक निर्माण गर्ने, सिमेन्ट उद्योगले विद्यालय स्थानान्तरण गर्ने, खानी प्रभाबित घर, जग्गाको मुआब्जा दिनेलगायतका सहमति भएको थियो । भएको सहमतिमा सडक कंक्रिट गर्नेबाहेक अन्य कुनै काम नभएको स्थानीयको गुनासो छ ।

मझुवाखानी सञ्चालन गर्नका लागि पहिले स्थानीय वासिन्दा र गाउँपालिकासंग भएका संझौता कार्यन्वयनबाट पछाडि नहट्ने हेटौंडा सिमेन्ट उद्योग संचालक समितिका अध्यक्ष रघुरमण न्यौपानले बताए ।

उद्योगसंग भएका सहमति विस्तारै कार्यान्वयनमा लगिने उनले जानकारी दिए । खानीबाट निस्किएका ओभरबटम ओमसाई कन्ट्रकसनले ब्यवस्थापन गर्ने गरी ठेक्का गरिएको अध्यक्ष न्यौपाने बताए । स्थानीयको चर्को विरोधपछि अहिले उत्खनन गर्दाको ओभरबटम ल्याए पनि खानी क्षेत्रको डाँडैभरी छरिएको ग्राभेल, ढुङ्गा, माटोको ब्यवस्थापन गर्नका लागि ठूलै चुनौती रहेको स्थानीयले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...