Friday 27th March 2026

भेरी नदीमा यात्रुबाहक बस खस्यो, ४ जनाको मृत्यु


तीतोपाटी- बिहीबार बेलुका  जाजरकोटको भेरी नगरपालिका – १ को खलंगा रिम्ना सडक खण्डको पिपे नजिक बस भेरी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दुर्घटनास्थलबाट चार जनाको शव निकालिएको छ ।

बाँकेको नेपालगन्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा दुर्घटनामा परेको हो । अन्य पाँच जना घाइते भएको जनाइएको छ । मृतक र घाइतेको पहिचान हुन सकेको छैन ।

उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट उद्धारका लागि प्रहरी निरीक्षक केशरबहादुर कार्की नेतृत्वमा  टोली खटिएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...