Tuesday 20th January 2026

भेरी नदीमा यात्रुबाहक बस खस्यो, ४ जनाको मृत्यु


तीतोपाटी- बिहीबार बेलुका  जाजरकोटको भेरी नगरपालिका – १ को खलंगा रिम्ना सडक खण्डको पिपे नजिक बस भेरी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दुर्घटनास्थलबाट चार जनाको शव निकालिएको छ ।

बाँकेको नेपालगन्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा दुर्घटनामा परेको हो । अन्य पाँच जना घाइते भएको जनाइएको छ । मृतक र घाइतेको पहिचान हुन सकेको छैन ।

उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट उद्धारका लागि प्रहरी निरीक्षक केशरबहादुर कार्की नेतृत्वमा  टोली खटिएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...