Sunday 12th April 2026

अख्तियारका आयुक्त पाठकलाई महाअभियोग लगाउने सम्भावना


तितोपाटी – सत्तारुढ दल नेकपाले नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउने तयारी गरेको छ । पाठकको घुस प्रकरणको समाचार सार्वजनिक भएपछि नेकपाले पाठक विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेको हो । नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले पाठकमाथिको प्रक्रिया अघि बढ्ने संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले यसबारेमा आफूहरु जानकार रहेको उल्लेख गर्दै अब अन्य विषय अघि बढ्ने उल्लेख गरे ।

उनले भनेको अन्य विषय भनेको महाअभियोगको बाटो हो । यो बीचमै पाठकले राजिनामा दिन सक्ने सम्भावना पनि छ । यदी राजिनामा नदिए शुक्रबारसम्म संसदमा अभियोग दर्ता गर्ने गरी नेकपाका नेताहरुले हस्ताक्षर संकलनमा लागेका छन् ।

पाठकको घुस प्रकरणको भिडियो प्रधानमन्त्री समक्ष पुगेको थियो । झण्डै एक महिना अघि नै यो बिषय आएपछि प्रधानमन्त्रीसहित नेकपाका नेताहरुले पाठकमाथि कसरी अघि बढ्ने भन्ने अनुसन्धान गरिरहेका थिए ।

बुधबार उक्त विषयमा कान्तिपुर लगायतका सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि नेकपा तत्काल महाअभियोग अघि बढाउने तयारीमा लागेको हो । बुधबार बिहान बालुवाटारमा बैठक नेकपा नेताहरुको बैठक बसेको थियो ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...