Sunday 29th September 2024

लघु कथाः छुवाछुत


एक दिन पण्डितलाई प्यास लागेछ, संयोगवश घरमा पानी थिएन यसैले उसकी पत्नीले छिमेकीको घरबाट पानी ल्याइन । पानी पिएर पण्डितले सोधे….
पण्डित – कहाँबाट ल्यायौ पानी ? धेरै चिसो छ पानी त ।
पत्नी – छिमेकी कुम्हारको घरबाट । पण्डितले यो सुनेर लोटा फैंकि दिए र रिस उठेर श्रीमतिसँग जोर-जोर कराउन लागे ।
पण्डित – ओई तैले त मेरो धर्म नै भ्रष्ट गरि दिइस्, कुंभार ( शुद्र ) को घरको पानी पिलाइस् । पत्नी डरले थर-थर काम्न थाली, उनले पण्डितसँग माफ़ी मागीन ।
पत्नी – अब यस्तो भूल कहिल्यै हुँदैन । जब साँझ पण्डित खाना खानलाई बसे तब घरमा खानको लागि केही थिएन
पण्डित – रोटी, तरकारी केही बनाइनौ ?
पत्नी – बनाउने थिएँ तर अन्न उब्जाउने शुद्र जातीको थियो, र जुन कराईमा बनाएको थिएँ त्यो लोहार (शुद्र) ले बनाएको थियो। त्यसैले सबै फ्याँकी दिएँ ।
पण्डित – तिमी पागल भयौ हो ? अन्न र कराई पनि कहिल्यै छुइन्छ त ? यति भनेर पण्डितले भने पानी त लिएर आउ ।
पत्नी – पानी त ल्याइन हजुर !
पण्डित – पानी ल्याउने घैंटो के भयो त ?
पत्नी – त्यो त मैले फ्याँकी दिए किनकि माटाको घैंटा त कुमालेहरुले बनाएका हुन्छन् ।
पण्डित- दूध लिएर आउ न त त्यही पिउँछु ।
पत्नी – दूध पनि फेकी दिएँ स्वामी, किनकी गाईको दुध नोकरले दोएको थियो उ त शुद्र जाती थियो ।
पण्डित- ओ हो तिमीले त हद पार गर्यौ, तिमीलाई यति पनि थाहा छैन दूधमा छोइ छिटोको बारना हुँदैन भनेर !
पत्नी- अछुतले छोएको पानी चाँहीं पिउनु नहुने, दुध चाँही पिउन हुने ? पण्डित रिसले तिर्मिराए, रिसले टाउको भित्तामा ठोकेर फुटाउला झैं गरे,
पण्डित – रिसले पण्डित गर्जेर कराउँदै भने, तिमीले त मलाई चौपट पारी दियौ, जाऊ अब आंगनमा खाट ल्याएर औछ्यान लगाई देऊ । मलाई धेरै निन्द्रा लागि सक्यो ।
पत्नी- खाट ! त्यो त मैले फुटाएर फ्याँकी दिएँ किनकि त्यो त शुद्रले बनाएको थियो।
पण्डित- चिच्याएर कराउन थाले, अ रे फुलको माला ल्याउ भगवनलाई चढाउँछु ताकि तेरो बुद्धि सही ठाउँमा आउँछ की ।
पत्नी- फुल त फ्याँकी दिए किनकी त्यो फुल लगाउने माली (शुद्र) जातीको थियो।
पण्डित कराउन थाले- सबैमा आगो लगाई देऊ, घरमा केही बाँकी छ की छैन ?
पत्नी – अँ अब यो घर बाँकी छ, यसलाई पनि अब भत्काउन बाँकी छ किनकी यसलाई पनि तल्लो जातीका मजदूरहरुले बनाएका हुन ।
पण्डितको अब बोल्ने ठाउँ नै रहेन । उसको बुद्धि बल्ल ठेगानमा आयो ।

 


सम्बन्धित शीर्षकहरु

इजरायलको सेनाले दक्षिणी बेरुतमा हवाई हमलाको श्रृंखला सुरु गरेकोछ । लेबनानको राजधानीमा रहेको हिजबुल्लाहको कमान्ड सेन्टर लाई लक्षित गरी गरिएको…

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

प्रतिकृयाहरू
...