Wednesday 26th August 2026

कुवेतमा एक नेपाली चेली १ वर्षदेखि बेपत्ता, खोजीका लागि परिवारद्वारा आग्रह


तितोपाटी – कुवेतमा एक नेपाली चेली वेपत्ता भएकिछिन । घरेलु महिला कामदारको रुपमा २ वर्ष पहिला कुवेत आएकी सुनसरी धरान – ६ माछाभौडीकी राहदानि नं. १०२६५७७१ भएकी बसन्ती जिमी ( चौधिरी ) विगत १ वर्ष यता सम्पर्क बिहीन भएकी छिन । कुवेत अाएको १ वर्षसम्म नियमित सम्पर्कमा रहेकी बसन्ती एक वर्ष यता एकाएक सम्पर्क विहिन भए पछि नेपालमा रहेका उनका परिवार अन्याैलमा परेका छन् ।

नेपालकी एजेन्ट रिता लिम्बु मार्फ़त कुवेतमा रहेका एजेन्ट राहुल आचार्यको रोहवरमा कुवेत आएकी बसन्ती लामो समय देखि सम्पर्क बिहान हुदा निजको श्रीमान भूवन चौधरीले श्रीमती खोजीको लागि नेपाली राजदूतावास कुवेत, कुवेतस्थित मिडियाहरू, कुवेतमा कृयाशिल संघ संस्था लगायत आम नेपालीहरुलाई अनुरोध गरेका छन ।

समाचार तयार पार्दा सम्म कुवेतमा एजेन्टको काम गर्दै आएका राहुल आचार्य नेपाल फर्किएको सुचना प्राप्त भएको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...