Sunday 12th April 2026

साओमीको ४८ मेगापिक्सेल क्यामेरा भएको दोश्रो स्मार्टफोन बजारमा अाउँदै


तितोपाटी – चिनियाँ स्मार्टफोन कम्पनीसाओमीले आफ्नो बहुप्रतीक्षित एम आइ म्याक्स फोर स्मार्टफोन निकट भविष्यमै ल्याउने भएको छ । पछिल्लो समयमा यस स्मार्टफोनका बारेमा विभिन्न समाचारहरु सार्वजनिक भइरहेका छन् र यसका फिचर्ससँग सम्बन्धित जानकारीहरु पनि लिक भइरहेका छन् । हालैको एउटा रिपोर्टलाई आधार मान्ने हो भने साओमीको Mi Max 4 मा रेडमी नोट सेभेनमा जस्तै ४८ मेगापिक्सेलको क्यामरा हुनेछ । साओमीले हालै आफ्नो रेडमी नोट सेभेन स्मार्टफोन सार्वजनिक गरेको थियो ।

चिनियाँ वेबसाइट माइ ड्राइभको रिपोर्ट अनुसार साओमीको आसन्न एमआई म्याक्स फोरमा ४८ मेगापिक्सेल सेन्सरयुक्त सामसुङ कम्पनीको ICOCELL GM1 क्यामरा रहनेछ । फोनको अगाडि तथा पछाडिको भागमा गोरिला ग्लासले सुरक्षाकवच राखिएको छ । स्नापड्रागन ६६० प्रोसेसरयुक्त यस स्मार्टफोनमा एन्ड्रोइड नाइन पाई स्मार्टफोन अपरेटिंग सिस्टम हुनेछ ।

यो फोनमा ५८०० मिलि एम्पियर आवर क्षमताको अत्यधिक शक्तिशाली ब्याट्री रहनेछ । उक्त ब्याट्रीले १८ वाट फास्ट चार्जिङ्ग पनि सपोर्ट गर्नेछ ।

रिपोर्ट अनुसार यो स्मार्टफोन विभिन्न भेरिएन्टमा उपलब्ध हुनेछ । जसमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेजवाला मोडेलको मूल्य १५९९ युआन हुनेछ । त्यस्तै ६ जीबी र्याम र ६४ जीबी स्टोरेजवालाको मूल्य १७९९ युआन हुनेछ । ६ जीबी र्याम र १२८ जीबी स्टोरेजवाला भेरिएन्ट मूल्य १९९९ युआन हुने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...