Saturday 28th September 2024

हेल्थ टिप्सः राती समयमै कसरी निदाउने ?


तितोपाटी – स्वस्थ रहनका लागि पर्याप्त निद्रा चाहिन्छ। एक दिनमा कम्तिमा पनि ६ घण्टा सुत्ने मानिसलाइ सितिमिती कुनै बिरामी छुंदैन । मानिसलाई उमेर अनुसार दैनिक रुपमा कम्तीमा ६ घन्टा मस्त निद्रा चाहिन्छ। तर, पछिल्लो समयमा पनि विश्वव्यापी रुपमै मान्छे कम निदाउने वा निदाउन नसक्ने अनुसन्धानहरुले समेत प्रष्ट पारेका छन्। अनुसन्धानहरुले पछिल्लो समयमा विभिन्न कारणले मानिसको निद्रा विथोलिएको देखाएका छन्। आफ्नै र बाह्य कारणले गर्दा मानिसको निद्रा अनियमित हुँदै गएको छ।

जो समयमै निदाउन सक्छन्, उनीहरूको मानसिक र शारिरीक दुवै स्वास्थ्य राम्रो हुने चिकित्सकहरू बताउँछन्। बेलैमा मस्त निदाउन सक्ने व्यक्तिको अनुहान पनि सुन्दर देखिन्छ। तर चाहँदा चाहँदै पनि कतिपय अवस्थामा निद्रै पर्दैन। कतिपयलाई त ओछ्यानमा पल्टेको धेरैबेर भइसक्दा पनि निदाउन नसक्ने समस्या नै हुन्छ। यदि यस्तो छ भने यी १० उपाय अपनाउनुस् जसले तपाईंलाई मस्तसँग निदाउन मद्दत गर्नेछन्।

१. घामको ताप ताप्नुहोस्
अचम्म लाग्न सक्छ, मीठो निद्राका लागि घाम ताप्नु आवश्यक छ। हरेक दिन सूर्यको प्रकाशमा बस्ने गर्नुहोस्। यसले साँझमा थकित अनुभव गराउँछ। जसले तपाईंलाई समयमै निद्रा पर्छ। साथै सूर्यको किरणबाट प्राप्त हुने भिटामिन डी पनि प्राप्त हुन्छ।

२. व्यायाम गर्नुहोस्
बाहिरफेर हिँड्ने बानी गर्नुहोस् जसले तपाईंलाई राम्रो निद्रा पर्छ। समयमै निदाउन सक्ने मानिसले आफ्नो नियमित काम पनि प्रभावकारी रूपमा गर्न सक्छ।

३. साँझको समय कफी, क्याफिन सेवन नगर्ने
तपाईंलाई थाहा छ ? चिया, कफीले निद्रा भगाउने काम गर्छन्। एकपटक सय मि.ग्रा. क्याफिन सेवन गर्नुभयो भने यसको असर शरीरमा सात घण्टासम्म रहन्छ। यसकारण साँझमा सानो एक कप कफीले पनि रातिको निद्रामा बाधा पुर्‍याउन सक्छ।

४. खाना खानेबित्तिकै नसुत्नुहोस्
खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि राम्रो मानिँदैन। त्यसकारण खाना खाएको दुई÷तीन घन्टापछि मात्र ओछ्यानमा जानुहोस्।

५.साँझ पर्नेबित्तिकै सुत्ने गर्नुहोस्
राति छिटो सुत्ने बानी गर्नोस्। छिटो सुत्ने बानीले तपाईंलाई आनन्द त मिल्छ नै। साथै राम्रो निद्रा पनि पर्छ।

६. ओछ्यानमा जानुअघि यसो गर्नुहोस्
नुहाउनुहोस्, दाँत माझ्नुहोस् र उपयोगी पुस्तकका केही पृष्ठ पढ्नुहोस्। हरेक साँझ यसो गर्नुभयो भने तपाईंको शरीरलाई तालिकामा चल्ने अभ्यास हुन्छ। यस्तो अवस्थामा शरीर आफंैले सुत्ने समय भएको सन्देश दिन थाल्छ।

७. ओछ्यान आनन्दयुक्त बनाउनुहोस्
निदाउन शरीरलाई १६ देखि १८ डिग्री सेल्सियस तापक्रम उचित मानिन्छ। जब बाहिर बढी तापक्रम हुन्छ तब भित्रको वातवरण केही चिसो बनाउनुहोस्। बाहिर जाडो छ भने भित्र केही न्यानो बनाउनुहोस्।

८. ओछ्यान चिटिक्क पार्नुहोस्
सकेसम्म आफ्नो सुत्ने कोठा, ओछ्यान सफा र चिटिक्क पार्नुहोस्। यसका लागि तन्ना, सिरकजस्ता कुरा नरम किसिमका एवं सुन्दर रङका छनोट गर्नुहोस्। कोठामा कुनै पनि सामान लथालिंग रूपमा नराख्नुहोस्। ढुक्क हुनुहोस्, यस्तो वातवरणमा सजिलै निद्रा पर्छ।

९. ठीक साइडमा मात्र सुत्ने गर्नुहोस्
सुताइको साइड नमिल्दा पनि निद्रा पर्दैन। मुटु, उच्च रक्तचापका रोगी छन् भने ठीक साइडमा सुत्नाले मुटुलाई दबाब पर्दैन। रक्त सञ्चारमा बाधा पर्दैन। र, सजिलै निदाउन सकिन्छ।

१०.सुत्ने समयमा नकारात्मक नसोच्नुहोस्
भनेको कुरा व्यवहारमा उतार्न सजिलो छैन। तर आँखा बन्द गर्ने बेलामा राम्रा विचार मात्र मनमा ल्याउनुहोस्। जुन विचार गहिरो निद्रा नआउँदासम्म जारी राख्नुहोस्। निश्चित रूपमा तपाईंलाई निद्राले छोप्नेछ।

११. निदाउने बेला भूतका कथाहरू नसुन्नुहोस्
डरलाग्दा भूत या अपराधका फिल्म हेर्ने बानी छ भने तुरुन्त छाड्नुहोस्। यस्ता फिल्मले तपाईंको मन अनावश्यक डर पैदा गर्छ र निद्रामा बाधा पार्छ। साथै निदाइहाले पनि नराम्रा सपना देखिन्छ।


सम्बन्धित शीर्षकहरु

इजरायलको सेनाले दक्षिणी बेरुतमा हवाई हमलाको श्रृंखला सुरु गरेकोछ । लेबनानको राजधानीमा रहेको हिजबुल्लाहको कमान्ड सेन्टर लाई लक्षित गरी गरिएको…

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

प्रतिकृयाहरू
...