Friday 26th September 2025

धादिङको गजुरीमा ३६० केजी चरेश सहित ३ भारतीय नागरिक पक्राउ, लागुऔषध ट्रान्जिट बन्दै पृथ्वी राजमार्ग


तितोपाटी – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान ३ सय ६० किलो चरेससहित तीन भारतीयलाई गजुरी गाउँपालिकाबाट समातेको छ। भारतीय कन्टेनरमा बोरामा हाली लुकाइ छिपाइ चितवन हुँदै काठमाडौं लैजाने क्रममा प्रहरीको टोलीले उनीहरुलाई समातेको हो।

लागुऔषध नियन्त्रण व्युरो काठमाडौंका डीआईजी दिनेश अमात्यले यसको पुष्टि गरे। उनका अनुसार केही समययता पृथ्वी राजमार्ग लागुऔषधको ट्रान्जिट पोइन्ट बन्दै गएको छ। यसअघि प्रहरीले राजमार्ग क्षेत्रमै गत पुस १९ गते गजुरी बजारबाट दुई सय ३५ किलो चरेससहित दुई भारतीय पक्राउ गरेको थियो। चरेससहित भारत उत्तरप्रदेश निघौली सिहोदावाद रोड निवासी सत्यन्द्र सिंह वेघल र कन्टेनरमा सवार पर्सा सोनवर्षा ५ का लाल मोहम्मद गद्दी पक्राउ परेका थिए। विशेष सुराकीका आधारमा ब्युुरोसहितको टोलीले काठमाडौंबाट फर्कँदै गरेको भारतीय कन्टेनरमा छापा मारेको थियो। क्याबिनमाथिको भागमा फल्स बटन बनाई लुकाएर लैजाँदै गरेको अवस्थामा चरेस बरामद भएको थियो। त्यस्तै गत मंसिर २८ गते बेनीघाट रोराङ गाउँपालिका २ बाट पाँच सय ७० किलो गाँजा बरामद गर्न पनि प्रहरी सफल भएको थियो।

यी त ठूला परिमाणका लागुऔषधका घटनाहरु हुन्। राजधानी काठमाडौँ भित्रिने र काठमाडौँ हुँदै विभिन्न जिल्लामा जाने मुख्य राजमार्गको रुपमा लिईने पृथ्वी राजमार्गमा पछिल्लो समय यस्ता लागुऔषधको ओसारपसारको मुख्य नाका बनेको छ। हरेक हप्ताजसो प्रहरीले अवैध मानिने यस्ता लागुऔषध बरामद गर्ने गरेको छ। पृथ्वी राजमार्गलाई मुख्य ट्रान्जिट बनाउँदै लागुऔषध ओसारपसार बढ्दै छ।

चरेस कारोबार गर्नेहरुमा बढी भारतीय देखिने गरेका प्रहरीको तथ्यांकमा उल्लेख छ। नेपालका विभिन्न नाका हुँदै भारतीय कन्ट्रेनरको क्याबिनमा लुकाई लैजाने गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए। ‘लागुऔषधको मुख्य ट्रान्जिटको रुपमा अहिले पृथ्वी राजमार्ग भएको छ’, ढुंगेलले भने, ‘सामान्य खालका लागुऔषधदेखि ठूला मात्रामा भेटिने गरेको छ, हामीले राजमार्गमा प्रहरी सक्रियता बढाएको छौँ।’


सम्बन्धित शीर्षकहरु

लन्डन: प्रमुख पश्चिमी राष्ट्रहरूले प्यालेस्टाइन राज्यलाई आधिकारिक मान्यता दिएमा गाजामा युद्ध अन्त्य गर्न मद्दत पुग्न सक्छ र यो हमासको लागि…

अफगानिस्तानका एक १३ वर्षीय किशोर विमानको पाङ्ग्रा राख्ने ठाउँ (विमानको पाङ्ग्रा राख्ने ठाउँ) मा लुकेर काबुलबाट दिल्ली पुगेको एक अचम्मलाग्दो…

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

प्रतिकृयाहरू
...