Sunday 12th April 2026

गजल


-हरि कंडेल

बुझ्नु बाघ मार्न स्याल पठाएर सिकार हुँदैन
युवा नेतृत्व बिना विकासको आधार हुँदैन।

अब विश्राम गर्नु पर्छ यी हाम्रा नेताहरूले,
युवामा जस्तो वृद्धहरुमा नया विचार हुँदैन।।

सत्ता मोह जातिय मोह छोड्ने हो भने,
सुन्दर शान्त नेपाल बन्छ काटमार हुँदैन।।

सधैं बिदेशी भूमिमा पसिना बगायौँ भने,
युवा तिमी नेपालमा जन्मिएको सार हुँदैन।।

चन्द्र सुर्य आकाशमा हुँदा सम्म धर्तीमा,
विश्व सामु नेपालीको कहिल्यै हार हुँदैन।।

नोटः गजलकार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत सम्वद्ध साहित्य सर्जक हुन् ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...