Sunday 12th April 2026

बिरक्तिएको मन


छबिराम सुनार “निर्दोष”

 

जाडो यसै गर्मी भन्दा छैन कतै शितल ।
फूलबारी छैन यहाँ छैन बर पिपल ।।

पैसा भन्दै हाम फाल्यो ज्यान जान सक्छ।
भाको सबै गट्याम गुटुम पारी लान सक्छ।।

भ्रष्ट्राचार र महंगीले डुबाई दियो नेपाल।
दुःखै दुःख विदेशमा कर्मसंगै कपाल।।

बाध्यताले खाडी मुलुक टोलाउँदैछन् आँखा।
मलाई सम्झी रुँदै होलान गाउँका डाँडा पाखा।।

बल वैंश जोश जाँगर विदेशमा सबै।
बुढो ज्यान फर्केपछि के गर्नु र कठै।।

नोटः यस कविताका रचनाकार अलमुल्लाह मनी एक्सचेन्जमा कार्यरत छन्।

उनीसँग पैसाको रेटको बारेमा पनि सोध्न सक्नु हुन्छ।

फोन नम्बर- 55708445 ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...