Saturday 24th October 2026

माहबुलाबाट पक्राउ परेका नेपालीहरूलाइ कुवेत सरकारद्वारा डिपोर्ट गर्ने तयारी


बसन्त थापा – वैदेशिक रोजगारीका कुवेत अाइ गैरकानूनी बसोबास गरि जुवातास खेलाउने कार्यमा संलग्न १४ जना नेपालीहरुलाई शुक्रवारको दिन स्थानीय पोलिसले रंगेहात पक्राउ गरे पश्चात कुवेत सरकारले उनीहरूलाइ  डिपोर्ट गर्न लागेको बुझिएको छ । उनीहरू आज शुक्रवार मध्यान्ह कुवेतको महाबुल्ला भन्ने ठाउँमा पक्राउ परेका थिए।

अनलाइन पोर्टल अाइमन माटका अनुसार उक्त आरोपी नेपालीहरु अवैध रुपमा कुवेतमा रहदै आएका र, तेसै क्रममा जुवा तास खेल्ने खेलाउने गरेको बताएको छ। कुवेतमा पछिल्लो समय बिभिन्न कारणले अबैधानिक भइ बस्ने नेपालीको संख्या बढ्दो पाईन्छ। जुवातासबाट लाखौं रकम हात पार्ने आशामा हप्ताको एकदिन अर्थात हरेक शुक्रवार उक्त स्थानमा सयौको संख्यामा नेपालीहरू भेला हुने गर्दछन।

साहूसँग चर्को ब्याज दरमा ऋण लिएर रोजगारीका लागि विदेश आउने अधिकांश नेपाली यूवाले मदिरा र जुवा तासमा आफ्नो कमाई गुमाउने गरेका छन् । लाखौं पर्ने लोभमा हप्ताको १ दिन(जुवातास) खेल्ने खेलाउने ठाउँमा नेपालीको निकै भिड देख्न सकिन्छ । भिसा अवधि सकिएता पनि अबैधानिक रुपमा काम गर्दै आएपछि प्रहरी र अध्यागमन विभागका कर्मचारीको सक्रियतामा ति नेपाली युवाहरूलाइ पक्राउ गरिएको हो । कुवेतमा गैरकानुनि रूपमा रहदै आएका र अनेकौ अपराधिक क्रियाकलापमा संलग्नहरूलाइ पक्रिने क्रम झन बढ्दै गएको पाइएको छ । कुवेतमा गैरकानुनी रुपमा रहदै आएका नेपालीले गर्दा अन्य नेपालीहरू प्रतिको बिस्वास गुम्दै गएको छ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...