Wednesday 28th January 2026

नेपाली युवतीले दूतावासमै अवैध सन्तान जन्माइन बंगालीसँग यौनसम्बन्ध रहेको खुलासा


उनको कोखबाट छोरा जन्मिएको नेपाली दुतावासले जनाएको छ । पीडित महिलाहरुको उद्दार गर्ने हेतुले करिब १० बर्ष अघि दूतावासमा खोलिएको भए पनि सेल्टरमै बच्चा जन्मेको यो पहिलो घटना मानिएको छ । नेपाली महिला हाल नवजात शिशु सहित अस्पतालमा रहेकी छन् । ति महिला गर्भवती रहेको भन्नेबारे दुतावासलाई थाहा नभएको जनाइएको छ ।

ति महिलाले बच्चा जन्माउदा परराष्ट्र मन्त्रालय कन्सुलर विभागका महानिर्देशक गेहेद्रराज भण्डारी साउदी अरबको भ्रमणमा रहेका थिए । नेपाली राजदुत महेन्द्र सिंह राजपुतले मानबिय आधारमा ति महिला र बच्चाको स्वास्थलाई ध्यानमा राखी प्रसुती भए पश्चात तुरुन्त अस्पताल पुर्याईएको र हाल उनको प्रतक्ष्य रुपमा देखभाल गरिरहेको कुराकानीमा जनाएका छन् ।

दुई वर्ष पहिला कुवेतबाट साउदी अरब ल्याईएकी नेपालीको शारीरिक अवस्था प्रसुती हुने देखेर घर मालिकले घरबाट निकाली दिएपछि उनी दूतावासको शरणमा आएकी थिईन् । उनले घरमा काम गर्ने बंगालीसंगको सम्बन्धबाट गर्भ रहेको ति युवतीले बताएकी छन् । सुत्केरी युवती भिजिट भिसामा साउदी गएको बताईएको छ । प्रहरी केस हुँदा उनलाई १५ हजार रियाल सम्म जरिवाना हुन सक्ने दूतावासले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...