Thursday 10th September 2026

जन-जागृतिको अधिवेशनको सम्पु्र्ण तयारी पुरा, कुवेतवासी सबैलाइ निमन्त्रणा


तितोपाटी – जन-जागृति युवा समाज कुवेतको भोली ८ फेब्रुअरी २०१९ को दिन हुने ९ अाैं वार्षिक उत्सव तथा ५ अाैं वार्षिक उत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । समाजले फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा वार्षिक उत्सव तथा अधिवेशनको साथमा खुल्ला साहित्य वाचन पनि गर्ने भएको हो। भोलीको अधिवेशन बाटै  समाजको अागामी कार्यकालको लागि नयाँ कार्य समिति निर्वाचित हुने पनि जन-जागृति युवा समाज कुवेतका अध्यक्ष छत्र बहादुर कार्कीले तितोपाटी डट कम लाइ जानकारी गराएका छन् ।

समाजले हरेक अधिवेशनमा विभिन्न रचनात्मक कार्यहरू गर्दै अाएकोमा यस पटक अधिवेशनकै अवसर पारेर खुल्ला साहित्य वाचनको कार्यक्रम जनाउँदै साहित्यप्रति रूचि राख्ने साहित्य अनुरागीहरूलाइ कार्यक्रममा उपस्थित भइ आ-आफ्ना रचना वाचन गर्न सँस्थाका महासचिव टिकाराम आचार्यले कुवेतवासी सबैलाइ हार्दिक आह्वान गरेका छन् ।

अधिवेशनमा उपस्थितिका लागि नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघसँस्था, पत्रकार, सामाजिक अभियन्ता, साहित्यकर्मी, वुद्धिजीवि, कलाकार, खेलाडी लगायत कुवेतलाइ कर्मथलो बनाएर बस्ने सर्वसाधारण सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाइ निमन्त्रणा पठाइ सकिएको जनाउँदै यदि कसैलाइ निमन्त्रणा प्राप्त नभएको भए पनि यसै सूचनालाइ निमन्त्रणा मानी अधिवेशन समारोहमा सहभागी भइ कार्यक्रमको शोभा बढाइदिनुहुन सचिव जिबन सुनारले अनुरोध गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

प्रतिकृयाहरू
...