Saturday 24th October 2026

जन-जागृतिको अधिवेशनको सम्पु्र्ण तयारी पुरा, कुवेतवासी सबैलाइ निमन्त्रणा


तितोपाटी – जन-जागृति युवा समाज कुवेतको भोली ८ फेब्रुअरी २०१९ को दिन हुने ९ अाैं वार्षिक उत्सव तथा ५ अाैं वार्षिक उत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । समाजले फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा वार्षिक उत्सव तथा अधिवेशनको साथमा खुल्ला साहित्य वाचन पनि गर्ने भएको हो। भोलीको अधिवेशन बाटै  समाजको अागामी कार्यकालको लागि नयाँ कार्य समिति निर्वाचित हुने पनि जन-जागृति युवा समाज कुवेतका अध्यक्ष छत्र बहादुर कार्कीले तितोपाटी डट कम लाइ जानकारी गराएका छन् ।

समाजले हरेक अधिवेशनमा विभिन्न रचनात्मक कार्यहरू गर्दै अाएकोमा यस पटक अधिवेशनकै अवसर पारेर खुल्ला साहित्य वाचनको कार्यक्रम जनाउँदै साहित्यप्रति रूचि राख्ने साहित्य अनुरागीहरूलाइ कार्यक्रममा उपस्थित भइ आ-आफ्ना रचना वाचन गर्न सँस्थाका महासचिव टिकाराम आचार्यले कुवेतवासी सबैलाइ हार्दिक आह्वान गरेका छन् ।

अधिवेशनमा उपस्थितिका लागि नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघसँस्था, पत्रकार, सामाजिक अभियन्ता, साहित्यकर्मी, वुद्धिजीवि, कलाकार, खेलाडी लगायत कुवेतलाइ कर्मथलो बनाएर बस्ने सर्वसाधारण सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाइ निमन्त्रणा पठाइ सकिएको जनाउँदै यदि कसैलाइ निमन्त्रणा प्राप्त नभएको भए पनि यसै सूचनालाइ निमन्त्रणा मानी अधिवेशन समारोहमा सहभागी भइ कार्यक्रमको शोभा बढाइदिनुहुन सचिव जिबन सुनारले अनुरोध गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...