Tuesday 20th January 2026

पूर्वराजाप्रति आकर्षण बढेकै हो


तीतोपाटी-पूर्वराजा ज्ञानन्द्र शाहले मध्य तराईको भ्रमण गरेका छन् । काठमाडौं उपत्यकामा भन्दा बाहिरी जिल्ला घुम्न र सर्वसाधारणहरू भेटघाट गर्न रुचाउन पूर्वराजा शाहले जनसम्पर्कलाई बाक्लो बनाउन थालेका छन् ।

बारा जिल्लाको भ्रमणपछि पूर्वराजा शाह झापा जाने छन् । झापामा आफ्ना शुभेच्छुकहरूलाई भेट्ने छन् । आफ्ना कुराहरू बाहिर अभिव्यक्त नगर्ने पूर्वराजा शाहले सबैका कुरा सुन्ने मात्रै गर्छन् । पूर्वराजा शाह जहाँ जान्छन् त्यहाँ ‘राजा आउ देश बचाउ’को नारा लाग्ने गरेको छ । भिड पनि लाग्ने गरेको छ ।

दुई महिना अगाडि पोखरामा बसेका बेला राप्रपाका नेताहरूलाई बोलाएर पूर्वराजा शाहले मिलेर जान निर्देशन दिएका थिए । पूर्वराजा शाहको निर्देशन मान्न विभिन्न राप्रपाका अध्यक्षहरू कमल थापा, पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनी तयार भए ।

पूर्वराजाकै निर्देशनमा पशुतपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनी नेतृृत्वको दुई राप्रपाबीच पार्टी एकीकरण भएको छ । डा.लोहनीको अस्तित्वमै नरहेको राप्रपा राणाको पार्टीमा बिलय भएको छ ।

कमल थापा नेतृत्वको राप्रपाले हिन्दू अभियान चलाएको छ । अरु राप्रपाभन्दा कमल थापाको पार्टी ठूलो छ । अध्यक्ष थापा देश दौडाहमा निस्कदै छन् । पूर्वराजा शाह पनि देश दौडाहमा छन् । यी सबै संयोग मात्रै होइनन् ।

पूर्वराजा शाह र राप्रपाहरूभित्र चलेको चलखेलले कही भैरहेको छ भन्ने संकेत गरेको नेताहरू बताउँछन् । कमल थापा नेतृत्वको राप्रपाका एकजना नेताले भने, ‘सबै राप्रपालाई मिलाएर ठूलो पार्टी बनाउने । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सहयोग गर्ने तयारी भएको छ ।’

पूर्वराजा शाह काठमाडौंमा भन्दा पनि जिल्लाहरूमा घुम्दै आएका छन् । मन्दिरमा जाने, पूजा गर्ने, शुभेच्छुकहरूसँग भेट्ने आदि कार्यले गर्दा पूर्वराजा शाहप्रति गाउँका जनताको सहानुभूति बढ्न थालेको चर्चा हुन थालेको छ ।

राजनीतिक दलका नेताहरू जिल्लामा जाँदा तडक–भडकका साथ जाने गरेका छन् । तर, पूर्वराजा जिल्लाहरूमा जाँदा आफ्ना शुभेच्छुकहरूलाई मात्रै जानकारी गराएर जाने गरेका छन् । उनको भ्रमणका बारेमा धेरै प्रचार गरिएको हुँदैन ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...