Friday 27th March 2026

पूर्वराजाप्रति आकर्षण बढेकै हो


तीतोपाटी-पूर्वराजा ज्ञानन्द्र शाहले मध्य तराईको भ्रमण गरेका छन् । काठमाडौं उपत्यकामा भन्दा बाहिरी जिल्ला घुम्न र सर्वसाधारणहरू भेटघाट गर्न रुचाउन पूर्वराजा शाहले जनसम्पर्कलाई बाक्लो बनाउन थालेका छन् ।

बारा जिल्लाको भ्रमणपछि पूर्वराजा शाह झापा जाने छन् । झापामा आफ्ना शुभेच्छुकहरूलाई भेट्ने छन् । आफ्ना कुराहरू बाहिर अभिव्यक्त नगर्ने पूर्वराजा शाहले सबैका कुरा सुन्ने मात्रै गर्छन् । पूर्वराजा शाह जहाँ जान्छन् त्यहाँ ‘राजा आउ देश बचाउ’को नारा लाग्ने गरेको छ । भिड पनि लाग्ने गरेको छ ।

दुई महिना अगाडि पोखरामा बसेका बेला राप्रपाका नेताहरूलाई बोलाएर पूर्वराजा शाहले मिलेर जान निर्देशन दिएका थिए । पूर्वराजा शाहको निर्देशन मान्न विभिन्न राप्रपाका अध्यक्षहरू कमल थापा, पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनी तयार भए ।

पूर्वराजाकै निर्देशनमा पशुतपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनी नेतृृत्वको दुई राप्रपाबीच पार्टी एकीकरण भएको छ । डा.लोहनीको अस्तित्वमै नरहेको राप्रपा राणाको पार्टीमा बिलय भएको छ ।

कमल थापा नेतृत्वको राप्रपाले हिन्दू अभियान चलाएको छ । अरु राप्रपाभन्दा कमल थापाको पार्टी ठूलो छ । अध्यक्ष थापा देश दौडाहमा निस्कदै छन् । पूर्वराजा शाह पनि देश दौडाहमा छन् । यी सबै संयोग मात्रै होइनन् ।

पूर्वराजा शाह र राप्रपाहरूभित्र चलेको चलखेलले कही भैरहेको छ भन्ने संकेत गरेको नेताहरू बताउँछन् । कमल थापा नेतृत्वको राप्रपाका एकजना नेताले भने, ‘सबै राप्रपालाई मिलाएर ठूलो पार्टी बनाउने । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सहयोग गर्ने तयारी भएको छ ।’

पूर्वराजा शाह काठमाडौंमा भन्दा पनि जिल्लाहरूमा घुम्दै आएका छन् । मन्दिरमा जाने, पूजा गर्ने, शुभेच्छुकहरूसँग भेट्ने आदि कार्यले गर्दा पूर्वराजा शाहप्रति गाउँका जनताको सहानुभूति बढ्न थालेको चर्चा हुन थालेको छ ।

राजनीतिक दलका नेताहरू जिल्लामा जाँदा तडक–भडकका साथ जाने गरेका छन् । तर, पूर्वराजा जिल्लाहरूमा जाँदा आफ्ना शुभेच्छुकहरूलाई मात्रै जानकारी गराएर जाने गरेका छन् । उनको भ्रमणका बारेमा धेरै प्रचार गरिएको हुँदैन ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...