तितोपाटी – नेपाल तामाङ घेदुङ कुवेतको सोनाम ल्होछार मन्जुश्री संवत् २८५५ औ फाग ल्हो ( सुङगुर वर्ग )सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कुबेतको खैतान स्थित राजधानी इन्डियन रेस्टुरेन्टको हलमा ०१ फेब्रुअरी २०१९ शुक्रबारको दिनमा सम्पन्न कार्यक्रममा ॐ माने पेमे होमको धुनमा लामाहरुले बुद्ध धर्म सम्बन्धी पाठ पढ्दै र पूजा अर्चना गर्दै शुरुवात गरेको थिए। कार्यक्रममा नेपाली राजदुतावास कुवेतका राजदूत यज्ञबहादुर हमाल र वहाँँ को धर्मपत्नी रिता हमाललाई घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङ, घेदुङ कुवेतका सल्लाहकारहरु राम लामा,अमृत तमाङ,आस बहादुर तमाङ, लगायत नेपाल तामाङ घेदुङ कुवेत परिवारले फूल गुच्छा खादा ओढाएर भब्य स्वागत गरेका थिए। त्यसैगरी सोनाम ल्होसारमा उपस्थित पाउनुहरुलाई लामा गुरुहरुद्वारा पुजापाठको साथमा टिका लगाइ खादा ओढाएर स्वागत गरिएको थियो ।
कुबेतको खैतान स्थित राजधानी इन्डियन रेस्टुरेन्टमा हलमा सम्पन्न सोनाम ल्होसार घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रम मा नेपाली राजदुतावास कुवेतका राजदूत यज्ञबहादुर हमाल प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिहरुमा राजदूत हमाल धर्मपत्नी रिता हमाल थिए भने कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो । घेदुङ कुवेतका महासचिव कृष्णबहादुर तामाङ र कलाकार प्रमुख हिमाल लामाले कार्यक्रम सञ्चालन गरेका थिए ।
सभापति, प्रमुख अतिथी,बिशेष अतिथीहरुले संयुक्तरुपमा द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो भने कुबेतमा कृयाशिल नेपाली संघ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित रहेका थिए । सोनाम ल्होछार कार्यक्रम लाई नेपाल तामाङ घेदुङ कुवेतकी महिला बिभाग प्रमुख हित माया तमाङले स्वागत मन्तव्य द्वारा उपस्थितलाई स्वागत गरेका थिए भने घेदुङ कुवेतका सल्लाहकार राम लामा, अमृत तमाङले ८५५ औँ फाग ड्वा ल्हो”(सुंगुर बर्ग)सोनाम ल्होछार को ’बारेमा मा प्रष्ट पारेका थिए।
कार्यक्रममा आफ्नो कार्यकाल पुरा गरी नेपाल फर्किन लागेका राजदूत हमाल र उहाँकोको धर्मपत्नी रिता हमाल लाई नेपाल तामाङ घेदुङ कुवेतले कदर पत्रका साथ दोसल्ला ओढाएर सम्मान तथा बिदाई गरेका थिए। कुवेतको कार्यअबधीमा नेपाल र नेपालीहरुको हितमा इमान्दारिता साथ एक असल राष्ट्र सेवकको रुपमा निरन्तर सेवारत रहको भनी उक्त कार्यको उच्च मुल्यांकन गर्दै सम्मान पूर्वक घेदुङ कुवेतले बिदाइ गरेका थिए। प्रमुख अतिथिको आसनबाट बोल्दै महामहिम राजदूत यज्ञबहादुर हमालले एउटा बगैंचा पनि हजारौं किसिमका फुलहरु फुलेर बन्ने भएकोले सोनाम ल्होसार तामाङ समुदाय भित्र बिशेष गरी मनाईने भए पनि यो बिबिधतामा एकता बोकेको राष्ट्र नेपालको धर्म संस्कृति भित्र पर्ने एक महान पर्व भएकोले सबै नेपालीहरुले यसरी नै मिलेर सबै चाड पर्वहरु मनाउन सके नेपालीहरु बिचको भात्रित्व सदा कायम रहन सक्ने उदाहरण दिनु भयो ।
यसरी नै शुभकामना दिनेहरुमा आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग,किरात राई यायोक्खा शखा कुवेतका अध्यक्ष मन्जित राई, गैर आवासीय नेपाली संघ कुवेतका महासचिब हरी लावाती,तमु समाज कुबेतका अध्यक्ष राजु गुरुङ, किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष बल बहादुर काम्बाङ, लगायतले ल्होछारको शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान, सेलरोटी, अचार, चनाको तरकारी र फलफुलले स्वागत गरिएको थिए। बाक्लो उपस्थितिले खचाखच भरिएको हलमा ४ बजे सम्म अतिथि आउने क्रम रहेको थियो भने कार्यक्रमलाई भब्य एवं सभ्य बनाउनको लागि आफ्नो तमाङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य घेदुङ कुवेतका स्थानिय कलाकारहरुद्वारा बिभिन्न किसिमका तामाङ सेलो, डम्फु नाच,म्हेन्दोमाया नृत्य, र अन्य साँस्कृतिक झाँकीहरु प्रस्तु गरेर उपस्थित दर्शक तथा अतिथिहरुलाई नचाउँदै माहौलनै ल्होसारमय बनाएका थिए ।
अन्त्यमा कार्यक्रमको समापन गर्दै सभापति शुरेस ग्याबाले कार्यक्रम सब्य र भभ्य रुपमा सफल पार्न उपस्थित प्रमुख अतिथि, अतिथि, समाजसेवी , बुद्धिजीवी, भद्रभलाद्मि, व्यबसायी, पत्रकार, कलाकार साथै सम्पूर्ण उपस्थित नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।