Saturday 25th May 2024

कुवेतमा हृदयघातको कारण चितवनका जीवनको मृत्यु


हरि कृष्ण न्यौपाने -रत्ननगर-८,चितवन नर्कटिया घर भई कुवेतको एसके (SK) कम्पनीमा सवारी चालकका रुपमा कार्यरत ४७ बर्षिय जीवन महतो(चौधरी)को हृदयघातको कारण कुवेतमै मृत्‍यु भएको छ।

एउटै कम्पनीमा काम गर्ने सहकर्मी लुचेन्द्र महतोका अनुसार सबै साथीहरुसंग काम गर्ने साइटमा बिहान ६:३० बजे कम्पनीकै गाडीमा गएको र केएनपिसी कम्पनीमा गेटबाट भित्र छिर्ने क्रममा चेक जाँचका लागि बाहिर निस्किएर साथिहरु संग कुरा गर्दा गर्दै बिस्तार बसेका थिए। अकस्मात कुराकानीका क्रममा बसेर ढले पछी तत्काल आदान अस्पातल पुर्याईेकोमा डक्टरले उनलाई मृत घोषित गरेको थियो।

रक्तचाप र सुगर बिमारले ग्रसित चौधरीले मध्यपान, धुम्रपान लगायत कुनै चिज सेवन गर्दैनथे।उनी वार्षिक छुट्टी सकेर दुई महिना अघी गत डिसेम्बर ६ तारिख मात्र स्वदेशबाट कुवेत फर्केका थिए। मृतक चौधरीको १ छोरा, १ छोरी र श्रीमती घरमा रहेका छन।

नेपाली राजदुतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरका अनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरि मृतकको शव छिटोभन्दा छिटो नेपाल फर्काउन पहल शुरु गरी सकिएको छ।कम्पनीले मृतकको आबश्यक कागजात तथा शब पठाउन लाग्ने शुल्क समेत दुताबासमा बुझाई सकेको छ भने क्षतिपूर्तिका लागि पनि आबश्यक प्रकृया शुरु गरिने सचिबले बताएका छन।


सम्बन्धित शीर्षकहरु

कर्म ब्रम्ह बुद्ध धर्म टेवा मेवा बुद्ध सेवा शस्त्र अस्त्र बुद्ध वस्त्र चेला मेला बुद्ध भेला तन धन बुद्ध मन…

प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ---------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन --------------- सामाजिक सञ्जाल समायोजक --------------…

लुलु हाइपरमार्केट, यस क्षेत्रका विवेकी खरीददारहरू बीचको रोजाइको खुद्रा विक्रेताले, 'लुलु वर्ल्ड अफ ब्यूटी' प्रवर्द्धन सुरु गर्‍यो जसले सौन्दर्य उत्साहीहरू…

प्रतिकृयाहरू
...