Thursday 25th December 2025

अस्ट्रेलियामा वुद्धलाइ कुटपिट गरेका १ नेपाली युवालाइ ८ महिनाको जेल सजायँ


तितोपाटी – अष्ट्रेलियामा कार्यरत एक नेपाली युवालाई  त्यहाँको अदालतले ८ महिना जेल सजाय सुनाएको छ। कार्यस्थलमा एक वृद्धमाथि कुटपिट गरेको अभियोगमा नेपाली युवा प्रकाश पौडेललाई ८ महिनाको जेल सजाय सुनाइएको हो । एजकेयरमा एआइएनका रूपमा कार्यरत पौडेलमाथि  सिड्नीको म्यानलीस्थित अदालतले दोषी ठहर गर्दै सो निर्णय गरेको जनाइएको छ ।

उत्तरी सिड्नी क्षेत्रको नर्सिङ होमस्‌मा कार्यरत ३६ वर्षीय पौडेलले ८२ वर्षीय वृद्धमाथि हातपात गरेका भिडियो र तस्विरहरु सार्वजनिक भएका थिए ।  तर पौडेलले चार महिनापछि बेलका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

डिमेन्सीया रोगीका रूपमा रहेको वृद्धलाई उपचारका क्रममा केयरटेकर पौडेलले हातपात गरेको भन्दै सम्बन्धित परिवारले भिडियो सार्वजनिक गरेको थियो । भिडियो सार्वजनिक भएलगत्तै उक्त परिवारले अदालतमा मुद्धा दायर गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...