Sunday 12th April 2026

चर्चामा सैफ अलि खानकी छोरी “सारा अलि खान”


तितोपाटी – फिल्म ‘केदारनाथ’बाट अभिनयमा ‘डेब्यु’ गरेकी नायिका सारा अली खानलाई दोस्रो फिल्म ‘सिम्बा’ले नयाँ उचाई दियो। फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहँदा साराको चर्चा पनि राम्रोसँग चलिरहेको छ।

मिडियामा पनि राम्रो छाइरहेकी साराको यही लोकप्रियताको असर अहिले उनका पिता सैफ अली खानलाई देखिन थालेको छ। छोरीको लोकप्रियता बढेसँग मिडियामा पनि छाइरहेपछि सैफले उनलाई लगाम लगाउने तयारी गरेका छन्। समाचार अनुसार सैफले मिडियासँग साराको अन्तरसंवादलाई कम गराउन लगाम लगाउन लागेका हुन्।

‘आफ्नी छोरीको विषयलाई लिएर सञ्चारमाध्यममा बढी नै समाचार आउन थालेपछि सैफ केही चिन्तित देखिएका छन्। साराले दुई फिल्ममा मात्र काम गरेकी छन्। तर उनको चर्चा दर्जनौं फिल्ममा काम गरे जस्तै भएको छ। त्यसकारण पनि सैफमा चिन्ता देखिएको हो’, नबाब परिवारका एक सदस्यले भनेका छन्।

अहिले साराको हरेक गतिविधिमाथि ‘पापराजी’ले नजर लगाउने गरेका छन्। मिडियामा सारा आवश्यकता भन्दा बढी ‘एक्सपोज’ भएपछि पनि यसको चिन्ता सैफमा देखिएको छ। ‘सैफ आफ्ना सन्तानमाथि हरेक किसिमको दबाब लाद्न चाहँदैनन्। तर पनि साराको हकमा उनी अलिक फेरिएका छन्’, ती सदस्यले भनेका छन्।

पिता सैफले आफुप्रति अपनाएको सतर्कतामा सारा खुशी छिन्। नबाब परिवारमा पछिल्लो समयमा सबैभन्दा बढी मिडिया कभरेज पाउनेमा सैफका छोरा तैमुर छन्। मिडिया कभरेजकै कुरामा तैमुर र साराबीच प्रतिष्पर्धा नै चल्ने गरेको छ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...