Monday 22nd December 2025

थाइल्याण्डमा सैनिक सरकारले आगामी मार्च २४ तारिक आम निर्वाचन गराउने


तितोपाटी – थाइल्यान्डमा सैन्य शासनको ५ वर्षपछि आगामी मार्च २४ मा आम निर्वाचन हुने भएको छ। थाई राजा महाबजिरिलंकर्णले सन् २०१९ भित्र आमनिर्वाचन गर्ने शाही घोषणा गरेको केही घण्टामै निर्वाचन आयोगले बुधबार निर्वाचन मिति घोषणा गरेको हो ।

निर्वाचन आयोगका प्रमुख इत्तिपर्न बूनप्राचोङले बुधबार अपराह्न भएको बैठकमा आगामी मार्च २४ का दिन संसदको आमनिर्वाचन गर्ने सहमति भएको जानकारी दिए । यो निर्वाचन सैनिक शासनलाई वैधानिकता दिने या प्रजातन्त्र स्थापना गर्ने विषयको जनमत संग्रहका रूपमा लिइएको छ । मिति घोषणापछि प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै यसै वर्षको मध्यसम्ममा देशले संसद् र नयाँ सरकार पाउने जनाएको छ ।

सन् २०१४ मा ६ महिनाको सडक आन्दोलनपछि पूर्व सैनिक जनरल प्रयुत चान ओचाले सैनिक ‘कु’ मार्फत तत्कालीन प्रधानमन्त्री यिङलक सिनावात्रालाई बर्खास्त गर्दै सत्ता हातमा लिएका थिए । त्यसयता उनले नागरिक प्रजातान्त्रिक शासन पुनस्र्थापना गर्ने प्रतिबद्धता पटकपटक जनाउँदै आएका थिए ।

आगामी निर्वाचनमा वर्तमान प्रधानमन्त्री एवं पूर्व सैनिक जनरल ओचाले पनि भाग लिने अनुमान गरिएको छ । बुधबार उनले आफू कुनै एक पार्टीमा आबद्ध हुने संकेत गर्दै त्यस्तो पार्टी मुलुकलाई अझ राम्रो बाटोमा लैजान प्रतिबद्ध भएको र नि:स्वार्थ हुनुपर्ने बताएका छन् ।

सेनाले २०१७ मा तयार पारेको संविधान विपक्षी फिउ थाई पार्टीलाई पुन: शक्तिमा आउन रोक्ने योजनाका साथ ल्याइएको विश्लेषण गरिएको छ । थाइल्यान्डमा ५ सय सदस्यीय तल्लो सदन र २ सय ५० सदस्यीय माथिल्लो सदन छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...