Monday 19th January 2026

चितवनमा ५० लाखको शाैचालय ! त्यो पनि प्रयोग नगरिकन खण्डहरमा परिणत भयो


तितोपाटी – पुर्वी चितवनको राप्ती नगरपालिकामा करीब ५० लाखको लागतमा निमार्ण भएको सार्वजनिक शौचालय प्रयोगमै नआई खण्डहरमा परीणत भएको छ ।  आधुनिक तथा सुविधा सम्पन्न स्नान घर तथा शौचालय निमार्णका लागि तत्कालीन जिल्ला विकास समीति, गाविस, साना किसान सहकारी, स्थानीय कलेजले करीब ५० लाख संकलन गरेर निमार्ण सुरु गरेका थिए । ३ बर्ष अघि नै निमार्ण सम्पन्न भएको यो स्नान घर तथा शौचालय एक दिन पनि प्रयोगमा नआई अहिले यस्तो अवस्थामा छ ।

राप्ती नगरपालिकाका मेयर प्रभा बरालका श्रीमान हरी पौडेल नै यो शौचालय निमार्ण समीतिका अध्यक्ष हुन । स्मार्ट नगरपालिकाको नारा लगाउने नगरपालिका निर्माण सम्पन्न भैसकेको सुविधासम्पन्न संरचनाको यो हविगत हुँदा भने मौन छ । निक्कै महंगो पर्ने धारा, टायल, सिसा फिटीङ गरीएपनि अहिले सबै टुट्ने फुट्ने भएका छन् । शौचालयको बाहिर परीसर भने दिशा पिसाब र फोहोरले भरिएको छ ।

अझै पनि राप्ती नगरपालिकाले शौचालय व्यवस्थापन गर्ने भन्दै विगत दुई बर्ष देखी २ ÷२ लाखका दरले बजेट बिनियोज गर्दै आएको छ । तर शौचालयको अवस्था विजोग छ । शौचालयको यो अवस्था हेर्दा राज्यको लाखाँै रुपैयाँ दुरुपयोग भएको स्पष्ट हुन्छ ।

-न्यूज२४


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...