Monday 9th June 2025

सप्तरीमा प्रहरीको इन्काउन्टरमा मस्ट वान्टेड सूचीमा रहेका अभियुक्त दिनेश चाैधरीको मृत्यु


तितोपाटी – सप्तरीमा प्रहरी इन्काउन्टरमा मस्ट वान्टेड अपराधीको सूचीमा रहेका एक जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दीपेन्द्र चौधरी मारिएका हुन् ।

प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीले पनि जवफी फायरिङ गरेको २ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजी हरि पालले बताए। उनले भने, ‘गस्तीमा रहेका प्रहरी माथि गोली प्रहार गरेपछि प्रहरीको जवाफी फायरमा मृत्यु भएको हो।’ चौधरीको घटनास्थलमै मृत्यु भएको  डिआइजी पालले जानकारी दिए । चौधरीको टाँउकोमा गोली लागेको छ।

एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए । सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका उनीमाथि गोली प्रहार भएको थियो ।

जैसवालको समूहले २०७४ सालमा सप्तरीमै प्रहरीको गाडीमा एम्बुस प्रहार गरेका थिए । २०७२ भदौमा प्रहरी असई रमेश सुब्बाको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका थिए । उनको साथबाट प्रहरीले एकथान पेस्तोल पनि बरामद गरेको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

प्रेमा ढुंगाना - परदेशी आफैँमा एक पीडित शव्द हो। परदेशीले भोग्ने पीडा सायदै स्वदेशमा बस्नेले बुझ्न सक्छन्। यहाँ छोडिएको छ…

कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक, वैदेशिक रोजगारीका बहुआयामिक पक्षहरुको जानकारी प्रदान गर्ने उद्देश्यले राजदूतावासले यही मिति ०६…

कमल राष्ट्रिय सुकर्म पुरस्कार जनमत राष्ट्रिय मासिकका प्रधान सम्पादक,अग्रज साहित्यकार, साहित्यिक पत्रकार, प्रखर समालोचक मोहन दुवाललाई प्रदान गरिएको छ। शिक्षा…

प्रतिकृयाहरू
...