Monday 22nd December 2025

अमेरिकामा भारतीय मुलकी अस्वेत नागरिक कमला ह्यारिसले पनि राष्ट्रपति पदका लागि उम्मेदवारी दिइन


तितोपाटी – अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन्। राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उनले पनि उम्मेदवारी घोषणा गरेकी हुन। अमेरिकाको अन्त्यधिक जनसंख्या भएको क्यालिफोर्निया राज्यमा उनी कानुन कार्यान्वयन प्रमुख अधिकृत बन्ने पहिलो महिला मात्र नभई पहिलो अश्वेत नागरिक पनि हुन्। उनी भारतीय तामिल समुदायकी छोरी हुन।

अमेरिकी मुल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नु पर्छ भन्ने पक्षमा उभिदै आफूले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको उनले बताएकी छिन्। सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देश मार्फत् उनले उम्मेदवारी घोषणा गरेकाे समाचारमा जनाइएको छ।

सन फ्रान्सीस्कोका लागि २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि रहिसकेकी उनी दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि निर्वाचित भएकी थिइन। त्यो कार्यकाल उनको २०११ देखि २०१७ सम्म थियो। अमेरिकाको इतिहासमा उनी दोस्रो अश्वेत महिला सिनेटर हुन। पहिलो अश्वेत महिला सिनेटर कारोल मोसेलेय ब्राउन थिइन।

अमेरिकामा झण्डै २२ महिना पछि सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुन लागेको छ। त्यसका लागि अन्य नेताहरुले पनि उम्मेदवारी घोषणा गरेका छन् भने उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ। एएफपी


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...