Sunday 8th March 2026

डा. बाबुराम भट्टराइ भ्रष्टाचार विरूद्धको अभियानमा १ महिने देश दाैडाहामा जाने


तितोपाटी – भ्रष्टाचारकाे विरुद्ध तथा असल राजनीतिकाे पक्षमा डा बाबुराम भट्टराईले एकमहिने पूर्व-पश्चिम अभियानकाे थालनी गर्न लागेका छन् । डा‌ भट्टराई नेतृत्वकाे नयाँ शक्ति पार्टीले असल राजनीतिका लागि एक महिने ‘जनसंवाद यात्रा’ अभियान सञ्चालन गर्ने भएको हाे । अभियानकाे नेतृत्वकाे गर्दै संयोजक भट्टराईले पुष्पलाल लोकमार्गको पूर्वदेखि पश्चिमसम्म जनसम्वाद यात्रा गर्नेछन् । अभियानमा एक महिनाभरि नै पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागी हुने कार्यक्रम रहेको बुझिएको छ ।

‘असल राजनीति र समावेसी विकासका लागि जनसंवाद’को नारासहित नयाँ शक्तिले पुष्पलाल लोकमार्गमा अभियान सञ्चालन गर्न लागेको हो । ‘नयाँ शक्तिको लुम्बिनी बैठकको वैचारिक कोषेढुंगापछि यसलाई सांगठनिक कोषेढुंगा बनाउँदैछौँ,’ अभियानको उद्देश्यबारे चर्चा गर्दै संयोजक भट्टराईले बताए । अभियान पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म १७७६ किलोमिटरको पुष्पलाल लोकमार्ग आसपास सञ्चालन हुने अभियानका क्रममा स्थानीय तहका समस्या र सम्भावनाका विषयमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय अगुवाहरुसँग अन्तरक्रिया र छलफल गरिने बुझिएको छ।

‘केन्द्रदेखि स्थानीय तहसम्म राजनीति भ्रष्टाचारको दुष्चक्रममा रुमल्लिएको छु,’ संयोजक भट्टराई भन्छन्, ‘भ्रष्टाचारको जालो नतोडेसम्म र अहिलेको संरचनात्मक अवरोध अर्थात् राजनीतिक सिन्डिकेट नतोडी मुलुकलाई समृद्धिको दिशामा तीव्र ढंगले अगाडि बढाउन सकिन्न ।’ स्थानीय तहदेखि नै असल राजनीतिका लागि एउटा जागरणको आवश्यकता देखिएकोले अभियान सञ्चालन गर्न लागिएको भट्टराइले बताए ।

गाउँ-शहरमा घुम्दा स्थानीय जनप्रतिनिधिहरु टुहुराटुहुरी जस्तै अविभावक विहिन जस्तै पाएको उहाँको अनुभूति छ । ‘संघीयताको सशक्त कार्यान्वयन गर्दै समावेशी विकासलाई प्रवर्द्धन गर्न सत्ता सञ्चालकहरु उदासीन छन्’, उहाँलेभ भन्नुभयाे, ‘संघीयतालाई पञ्चायतकालीन विकेन्द्रीकरणको तहमा खुम्च्याएर सिंहदरबारको निगाहमा चलाउन खोज्ने दुस्साहसविरुद्ध हामी स्थानीय जनप्रतिनिधिसँग संवाद गर्नेछौं र संघीयताको मर्मको बारेमा स्पष्ट पार्नेछौं ।’


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...