Sunday 8th March 2026

धादिङमा बस दुर्घटना हुँदा १ को मृत्यु, एक घाइते


तितोपाटी – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकबाट बर्दियातर्फ जाँदै गरेको बा २ ख ४६८३ नम्बरको यात्रु बाहक बस अाज बिहान बिहान आफैं अनियन्त्रित भई पुलको बायाँ साइडमा पल्टिएको हो। दुर्घटनामा बर्दिया सेरुवा गाउँपालिका २ बस्ने १८ वर्षका नरेन्द्र थारु चौधरीका मृत्यु भएको छ।

बाँया खुट्टामा गम्भीर चोट लागेका उनको उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा सोही ठाउँ बस्ने बल बहादुर चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। बसमा ३९ जना यात्रु सवार थिए।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...