Monday 3rd August 2026

‘सिरियल किसर’ इमरान


तितोपाटी – नायक इमरान हाश्मीको नाम सुन्ने वित्तिकै दर्शकको दिमागमा उनले चुम्बन गरेका चलचित्रको याद आउँछ । यसैले, इमरानलाई बलिउडका ‘सिरियल किसर’को उपमा समेत दिइएको छ । तर, नायक हाश्मीले बलिउडमा अन्य थुप्रै चलचित्रमा पनि काम गरेका छन्, जसमा उनको चुम्बनको दृश्य छैन । तर, पनि उनलाई मिडियासँगको कुराकानीमा यो प्रश्न सोध्न छाडिएको छैन ।

इमरानले यो प्रश्नले आफूलाई सबैभन्दा बढी दिक्क बनाउने बताएका छन् । उनलाई पत्रकारले सोधे–‘त्यस्तो एउटा कुन प्रश्न छ, जसले तपाइलाई दिक्क बनाउँछ ?’ यो प्रश्नको जवाफमा उनले चाडै नै दिएका थिए । उनले भने–‘मलाई यो चलचित्रमा पनि चुम्बन छ कि छैन भनेर सोधिने प्रश्नले हैरान बनाउँछ । मैले, थुप्रै चुम्बन नभएका चलचित्रमा काम गरेको छु । तर, यो प्रश्नको पछि मात्र मिडिया किन दौडिएको छ ?’

इमारनले अभिनय गरेको चलचित्र ‘चिट इन्डिया’ जनवरी २५ बाट रिलिज हुँदैछ । यो चलचित्रमा इमरनाले भ्रष्ट्रचारविरुद्ध काम गर्ने एक राष्ट्र सेवकको भूमिका निर्वाहा गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

यमनको सेनाले दक्षिण–पश्चिमी ताइज (Taiz) प्रान्तमा घुसपैठ गर्ने प्रयास गरिरहेका हुथी विद्रोहीमाथि तोपखाना आक्रमण गर्दा केही हुथी लडाकुहरू मारिएको र…

चीनले म्यानमारको रणनीतिक ऊर्जा पूर्वाधारमा गरेको लगानी अहिले त्यहाँ जारी गृहयुद्धको एउटा महत्वपूर्ण कारण बन्न पुगेको विश्लेषण गरिएको छ। सन्…

भारतको कर्नाटक राज्यमा पछिल्लो करिब पाँच दशकयताकै पहिलो पटक मन्त्रिपरिषद्मा कुनै पनि महिला मन्त्री समावेश नभएको अवस्था सिर्जना भएको छ।…

प्रतिकृयाहरू
...