Friday 29th March 2024

‘सिरियल किसर’ इमरान


तितोपाटी – नायक इमरान हाश्मीको नाम सुन्ने वित्तिकै दर्शकको दिमागमा उनले चुम्बन गरेका चलचित्रको याद आउँछ । यसैले, इमरानलाई बलिउडका ‘सिरियल किसर’को उपमा समेत दिइएको छ । तर, नायक हाश्मीले बलिउडमा अन्य थुप्रै चलचित्रमा पनि काम गरेका छन्, जसमा उनको चुम्बनको दृश्य छैन । तर, पनि उनलाई मिडियासँगको कुराकानीमा यो प्रश्न सोध्न छाडिएको छैन ।

इमरानले यो प्रश्नले आफूलाई सबैभन्दा बढी दिक्क बनाउने बताएका छन् । उनलाई पत्रकारले सोधे–‘त्यस्तो एउटा कुन प्रश्न छ, जसले तपाइलाई दिक्क बनाउँछ ?’ यो प्रश्नको जवाफमा उनले चाडै नै दिएका थिए । उनले भने–‘मलाई यो चलचित्रमा पनि चुम्बन छ कि छैन भनेर सोधिने प्रश्नले हैरान बनाउँछ । मैले, थुप्रै चुम्बन नभएका चलचित्रमा काम गरेको छु । तर, यो प्रश्नको पछि मात्र मिडिया किन दौडिएको छ ?’

इमारनले अभिनय गरेको चलचित्र ‘चिट इन्डिया’ जनवरी २५ बाट रिलिज हुँदैछ । यो चलचित्रमा इमरनाले भ्रष्ट्रचारविरुद्ध काम गर्ने एक राष्ट्र सेवकको भूमिका निर्वाहा गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...