Saturday 7th March 2026

सर्लाहीमा चिनी मिल संचालन गर्न माग गर्दै उखु किसानले ज्ञापनपत्र बुझाउने


गुलाम नवि मन्सुर – चिनी मिल संचालन गर्न सरकारलाई दवाव दिने उद्देश्यले सर्लाहीका उखु किसानले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उखुको मुल्य २ दिन भित्र तोक्ने वताई रहदा सर्लाहीका उखु किसानले भने उखुको मूल्य ५४५ रुपैयाँ कायम गरी चिनी मिल अविलम्व संचालन गर्न माग गर्दै यही पौष २० गते हरिवनमा वृहद नारा जुलुस गर्ने भएका हुन।

मंसीर अन्तिम साताबाटै संचालन हुनु पर्ने चिनी मिल पुषको तेश्रो साता वित्न लाग्दा समेत संचालन नभएको भन्दै उखु उत्पादक संघ, नेपाल उखु उत्पादक किसान संघ, मिलगेट उखु उत्पादक संघ, किसान हकहित समिति सर्लाहीले संयुक्त रुपमा अविलम्ब चिनी मिल संचालन गर्न दवाव दिने उदेश्यले पौष २० गते हरिवन बजारमा उखु किसानहरुलाई भेला गराई नारा जुलुस गर्ने र ईलाका प्रशासन कार्यालय हरिवनमा ज्ञापन पत्र बुझाउने तयारी गरेका हुन् ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीको अध्यक्षतामा आज हरिवनमा वसेको उखु किसानका प्रतिनिधी संगठनहरुको संयुक्त वैठकले चालु सिजनमा उखुको मूल्य ५४५ रुपैयाँ कायम गरी सात दिन भित्र अविलम्ब मिल संचालन गर्न दवाव दिने निर्णय गरेको वैठकमा सहभागि किसान नेता कमल वुढाथोकीले बताउनुभयो । साथै उनीहरुले गत वर्षको उखुको मूल्य ५३६ रुपैया ५६ पैसा मध्ये राज्यले अनुदान वापत दिने प्रतिक्वीन्टल ६५ रुपैयाँ ३६ र उद्योगले दिन बाँकी ५ रुपैयाँ ३६ पैसा समेत किसानलाई तुरुन्त दिन माग गरेका छन् । उनीहरुले पौष २० गते हरिवन बजारमा उपस्थित भई दिन सवै उखु किसानहरुलाई समेत अपिल गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...