Friday 16th January 2026

गरिब तथा विपन्न परिवारका बच्चाहरुको शिक्षाका लागि आर्थिक सहयोग 


तितोपाटी – कुवेतमा लामो समय देखि कार्यरत छबिराम सुनारको सक्रियतामा गरिब तथा विपन्न परिवारका बच्चाहरुको शिक्षाको लागि आर्थिक सहयोग गरिएको छ ।

बिश्वकर्मा समाज बौदीकालि नवलपुरका बिदेश संयोजक छबिराम सुनारको विशेष पहलमा गरिब तथा विपन्न परिवारको बच्चाहरुको शिक्षाको लागी कुवेतमा कार्यरत नेपालीहरु द्वारा संकलित रकम रु १२ हजार सहयोग गरिएको हो ।

बाैदीकालि नवलपुरमा हालसालै मात्र स्थापना भएको बिश्वकर्मा समाजले गरिब तथा विपन्न परिवारको बालबालिकाको शिक्षामा पहुँच पुर्याउने उदेश्यले आर्थिक संकलन गरिरहेको हुँदा बिदेश संयोजक छबिराम सुनारले पनि कुवेत बाट आर्थिक संकलन गरि  बिश्वकर्मा समाज बौदीकालि नवलपुरका अध्यक्ष बिर बहादुर बिकलाई अलमूल्ला एक्सचेन्जबाट रकम पठाईएको छबीराम सुनारले तितोपाटी लाई जानकारी दिएका छन ।

बौदीकालि नवलपुरमा गरिब भएकै कारण धेरै बालबालिकाहरु शिक्षा बाट बन्चित हुनु पर्ने अवस्था सिर्जना भए पछि बिश्वकर्मा समाजले उनीहरुको शिक्षामा पहुँच पुर्याउने उद्देश्यले आर्थिक संकलनको अभियान शुरु गरिरहेको हुँदा यस अभियानमा सहयोगको लागि देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई सुनारले अनुरोध समेत गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...