Tuesday 13th January 2026

गजल


-कमला न्याैपाने, झापा

हालः भक्तपुर

जताततै जाम ,दुर्गन्ध ,फोहोर,अनि त्यस्तै धूलो
कहिले होला राजधानी सफा, अनि सडक ठूलो ।

बढ्दो नै छ भित्रिने क्रम,सवारीका साधनहरु
उठेको कर चाहिँ कहाँ जान्छ खै,कता परि दुलो ।

छैन स्वच्छ पिउने पानी ,हाहाकार छ जताततै
कहिले आइपुग्ने होला खै त्यो,मेलम्चीको कूलो ।

रेल र पानी जहाजको , सपना बाँड्छन् नेता
विकासको काममा चाहिँ सधैँ,पार्छन् खुट्टा लुलो ।

पदमा पुगि स्वार्थी बने,देशको चिन्ता रत्ति छैन
युवा शक्ति पलायन हुँदैछन् ,बाल्न घरमा चुलो ।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...