Sunday 21st December 2025

माल्दिभ्सलाई भारतले १ अर्व ४० करोड डलर बराबरको सहयोग दिने


तितोपाटी – भारतले माल्दिभ्सलाई एक अर्ब ४० कराेड अमेरिकी डलर सहयाेग दिने घाेषणा गरेकाे छ। भारत भ्रमणमा रहेका माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँगको द्वपक्षीय वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले साे रकम दिने घाेषणा गरेका हुन्। वार्तापछि राष्ट्रपति सोलिहले सञ्चारकर्मीसँग भने, “निकट छिमेकीका नाताले दुई देशका जनताबीच मित्रवत सम्बन्ध र सांस्कृतिक समानता रहेको छ।” उनले थपे, “घनिष्ट छिमेकीका हिसाबले दुई देशबीचको व्यापार व्यवसायलाई प्रवर्द्धन सम्भव भएको छ। भारत माल्दिभ्सको एक निकट मित्रमात्रै नभएर एउटा विशाल व्यापारिक सहयोगी हो।”

भेटवार्तामा दुई देशका अधिकारीबीच सामुद्रिक गस्ती, हवाई निरीक्षण र सूचनाको आदानप्रदानमार्फत दुबै देशको सुरक्षालाई मजबुत पार्ने सहमति भएको बताइएको छ। भारतले मालदिभ्सको विकासका लागि गरेको एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग बजेट, मुद्राको विनिमय व्यवस्थापन र ऋण गरी विभिन्न शीर्षकमा प्रदान गरिने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए। दुई देशबीचको गहिरो सम्बन्ध विस्तारका लागि छलफल सफलसिद्ध भएको मोदीको भनाई थियो।

भारतीय प्रधानमन्त्री मोदीले भने, “हामीले मालदिभ्ससँग बृहद् व्यापार सम्बन्ध चाहन्छौँ। भारतीय कम्पनीहरूका लागि माल्दिभ्समा प्रशस्त अवसरहरू रहेका छन्। यो दुबै मुलुकका लागि फाइदाको बिषय हो।” उनले थपे, “हाम्रो सुरक्षा चासोहरू अन्तरनिहित छन्। हामीले हाम्रा जन्मभूमिमा एक आपसमा हानिकारक हुने गतिविधिलाई प्रवेश दिने छैनौँ।”

निर्वाचनपूर्व खासै चर्चामा नआएका चवन्न बर्षीय सोलिहले पूर्व राष्ट्रपति अब्दुल्लाह यमीनसँगको प्रतिस्पर्धामा अनपेक्षित रूपमा राष्ट्रपति निर्वाचित बनेका थिए।  यमीनलाई चीनको निकटस्थ मानिन्थ्यो भने सोलिहलाई भारत तथा पश्चिमा मुलुकहरूको सहयोग रहेको बताइने गरिन्छ।

-एएफपी


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...