Thursday 25th September 2025

सल्यानमा ट्र्याक्टर दुर्घटनामा परि २ जनाको मृत्यु


तितोपाटी – सल्यानमा भएको ट्याक्टर दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। दाङको तुलसीपुरबाट रुकुम तर्फ आउँदै गरेको रा १ त २६२८ नम्बरको ट्याक्टर जिल्लाको बागचौर नगरपालिका–४ जलेखर्कमा दुर्घटना भएको थियो।

दुर्घटनामा परेर रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका–११ का ३३ वर्षीय ट्याक्टर चालक प्रवीन विकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेर गम्भिर घाइते भएका रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिका– १० का २८ वर्षीय इश्वर केसी को उपचारको क्रममा सोमबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गिरीराज भण्डारीले जानकारी दिए।

इश्वरको मेडिकल कलेज कोहलपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौंका शिक्षण अस्पताल लगिएको थियो। सामान ल्याएर रुकुम (पश्चिम) तर्फ आउँदै गर्दा शुक्रबार राती ट्याक्टर सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले बताएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...