Wednesday 18th March 2026

फ्रान्समा राष्ट्रपतिको राजिनामा माग गर्दै हिंसात्मक प्रदर्शन


तितोपाटी – फ्रान्समा राष्ट्रपति इम्यानुअल म्याक्रोन राजीनामा माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टिसर्टधारीमध्ये १ हजार ७२३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

देशका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी उनीहरुलाई पक्राउ गरिएको गृह मन्त्रालयले आइतबार जनाएको छ। पक्राउ परेकामध्ये एक हजार २२० जनालाई अर्को आदेश नभएसम्म थुनामा राख्न आदेश दिइएको छ। शनिबार भएको प्रदर्शनमा एक लाख ३६ हजारभन्दा बढी प्रदर्शनकारीहरुले भाग लिएको बताइएको छ। प्रदर्शनका क्रममा भएको झडपमा परी १३५ जना घाइते समेत भएका छन्।

गत महिना इन्धनको मूल्यवृद्धि गर्ने राष्ट्रपतिको निर्णय विरुद्धको प्रदर्शन हिंसात्मक हुँदै गएपछि अहिले प्रदर्शनकारीहरुले राष्ट्रपति कै राजीनामा माग्न थालेका छन्। प्रहरीले युवाले पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरेका र जसका कारण असुरक्षा नहोस् भनेर प्रदर्शन स्थलमा ठूलो संख्यामा प्रहरी खटाएको जनाएको छ। प्रदर्शनकारीले सवारी आवागमनमा रोक लगाएका छन् भने उनीहरुले राजमार्गमा नै प्रदर्शन गर्दै सर्वसाधारण मानिसलाई बाटो हिँड्न समेत दिएका थिएनन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...