Thursday 9th October 2025

अमेरिकी लडाकु विमान जापानको अाकासमा एक-अापसमा ठोकिएर दुर्घटना


तितोपाटी – जापानको दक्षिण–पश्चिमी तटीय क्षेत्रमा दुई अमेरिकी लडाकु विमान बिहीबार आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । सैनिक अधिकारीहरुले विमानमा सवार चालक दलका ७ मध्ये ५ जना हराइरहेको बताएका छन् । आकाशमा एक लडाकु विमानमा सैनिक विमानबाट तेल भर्ने क्रममा ठोकिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।

अमेरिकी मरिन कप्र्सका अनुसार एफए–१८ लडाकु विमान र तेल बोकेर आएको केसी–१३० सैनिक विमान एकआपसमा ठोक्किएका थिए । पश्चिमी जापानको हिरोसिमानजिक इवाकुनीस्थित अमेरिकी सैनिक अखडाबाट तालिमको सिलसिलामा विमानहरु उडेलगत्तै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

अमेरिकी सैनिक अधिकारीले दुर्घटना सैनिक अखडाबाट करिब ३ सय २० किलोमिटर टाढा प्रशान्त महासागरमा भएको थियो । तत्काल खोजी तथा उद्धारमा खटिएका सैनिकले चालक दलका दुई सदस्यलाई उद्धार गरेका थिए ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् । खोजी र उद्धारमा जापानी सैनिक विमान र पानीजहाज पनि परिचालन गरिएको जापानी सैनिक अधिकारीले बताए ।

पछिल्ला केही समयदेखि जापानी तटीय इलाकामा अमेरिकी लडाकु विमान र नौसैनिक जहाजहरुको दुर्घटना हुने क्रम बढेको छ । गत महिना पनि एउटा अमेरिकी नेभीको लडाकु विमान ओकिनावानजिक दुर्घटनाग्रस्त भएको थियो । गत अक्टोबरमा एउटा एमएच–६० सी–हक लडाकु विमान पनि फिलिपिनी सागरमा उड्नासाथ दुर्घटनाग्रस्त भएको थियो । जापान र अमेरिकाबीचको सुरक्षा सम्झौताबमोजिम जापानमा हाल ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् ।


सम्बन्धित शीर्षकहरु

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बद्री पक्षले आफ्नो पदस्थापनको पहिलो त्रैमासिकमै प्रचारमुखी गतिविधिभन्दा प्रभावकारी र श्रमिकमैत्री कार्यक्रमहरू सञ्चालनमा…

प्रतिकृयाहरू
...